`

गाजाको दह प्रचारका लागि पञ्चेबजाको गीत

बागलुङ,१९ माघ – सरकारले घोषणा गरेको घुम्नै पर्ने एक सय गन्तव्यमा समावेश जैमिनी नगरपालिका–३ मा रहेको गाजाको दहको प्रचार प्रसारका लागि यहाँका एक गायकले पञ्चेबजाको गीत तयार पारेका छन् । सरकारले घोषणा गरेको भ्रमण बर्षमा गाजाको दहसम्म पर्यटक पु¥याउने भन्दै बागलुङको जैमिनी नगरपालिका–२ दमेकका प्रेम सापकोाले पञ्चे बजाको गित तयार पारेका हुन् ।
रोजगारीको शिलशिलामा जापानमा रहेका सापकोाले ‘दमेक माथी गाजा’ नाम गरेको गीति एल्वम युट्युव च्यानल मार्फत सार्वजनीक गरिसकेका छन् । गाजाको दहको मत्व, त्यहाँ रहेका प्रकृतिक सौन्दर्यता र गाजा सम्म पुग्न लाग्ने समय तथा सडक र सवारीको बिषयमा गीतमा चर्चा गरीएको छ । बिशेष गरेर लगनको महिनामा चल्ने पञ्चेबजाको लयमा गीत बजारमा आएको भएपनि गाजाको दह र सो आसपासका पर्यटकीय क्षेत्रको बिषयमा लयबद्ध ढंगले चर्चा गरीएको सर्जक सापकोटाले जानकारी दिए ।
‘बस जाँदैन जीप जान्छ माथी सँग, भेटभा बेला पुराना साथी सँ, सानो नेपाल बागलुङ…बागलुङ जस्तै दमेक दमेक माथी गाजा… मगर दाईका बाजा तिमी र म साँईंली नाच्नु पर्छ आज नमानेर लाज ।’ गीतको पहिलो अन्तरामानै उनले गाजा पुग्ने सवारी, त्यहाँको संकृति र समयको बिषयमा चर्चा गरेका छन् । ‘आफ्नो ठाउँको प्रचार र विकास हाम्रो पनी दायित्व हो’ सापकोटाले भने ‘म सांगीतिक क्षेत्रमा छु यही क्षेत्रबाट गर्न सक्ने गर्ने न हो ।’
पञ्चेबाजामा आधारित, दमेक माथि गाजा बोल रहेको उक्त गीत सुक्रबार सार्बजनिक भएको हो । प्रेम सापकोटा सोनु को लय, शब्द, स्वर तथा अभिनय रहेको उक्त गीतमा प्रेम लाइ गायनमा जुन श्रीष र अभिनयमा ललिता छन्त्याल ले साथ दिएकी छन् । गीतको दृष्य जैमिनी नगरपालिका वडा नं २ र ३ कोे सेरोफेरोमा छायांकन गरीएको छ । दृष्यको निर्देशन स्मृति तिमिल्सिनाले गरेकी छन् । छायांकन सुरेश श्रेष्ठ र सम्पादन प्रकाश धमलाले गरेका छन् । आधुनीक प्रबिधिको प्रयोग गरेर बनाईएको दृष्य सामग्रीमा पर्यकीय क्षेत्रको प्रचारलाई प्राथमीकतामा राखिएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

© 2020 Dhorpatan News All right reserved Site By : SobizTrend Technology