`

फुल पयांलै फागुन १ गते सार्वजनिक हुने

गलकोट,२१ माघ -पछिल्लो समयका लोकप्रिय कलाकार ईश्वर सिंहको मौलिक गित फुल पयांलै फागुन १ गते सार्वजनिक हुने भएको छ । शिव अखेली को रचनामा ,ईश्वर सिंह र निरु श्रीस मगरको आवाजमा गित तयार भएको छ । उक्त गितको संगित संयोजन पनि ईश्वर सिंहको नै रहेको छ । उक्त गितको म्युजिक भिडियो गलकोट नगरपालिका ५ गिरचौरमा छायांकन गरिएको छ । मोडेल तथा गाएक बिनोद भण्डारी र जुना गुरुङले अभिनय गरेको भिडियोको निर्देशन समेत बिनोद भन्डारीले गरेका छन ।करण चौसिर ले छायांकन गरेको मौलिक पन्चेबाजा गित ईश्वर सिंहको युटुव च्यानल मार्फत फागुन १ गते सार्वजनिक गरिने कलाकार सिंहले जनाए । कला र संगितको माध्यमबाट गलकोटको पहिचान गर्ने लक्ष्य सहित रस्तिबस्तिको आवाज समेटेर गलकोटमा नै भिडियो छायांकन गरिएक सिंहले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

© 2020 Dhorpatan News All right reserved Site By : SobizTrend Technology