`

ब्यङ्ग्य कविता: अचम्मका नजिर

कानून हाे कि नियत उस्ताे सकिएन चिन्न !
अभियाेग र कसुर एउटै सजाय चाँहि भिन्न !
एउटा कृष्ण हावा खाँदै डिल्लीबजार जेलमा
अर्का कृष्ण स्विइकिइ सके हरिद्वारे रेलमा !
पिडित पनि अचम्मैकी बाेल्छिन नानाथरि
छिन मै भन्छिन बाउ जस्ता त छिन मै बलत्कारी !
न त जाँच भाे बलत्कृतकाे न मुचुल्का उठाे
पिडितले भन्दा पनि हाे याे मुद्दा झुटाे
तिन्लाई मात्र राख्नु किन अब खाेर भित्र ?
कानून पनि काेहिलाइ शत्रु काेहिलाइ भने मित्र !
कानून हाे कि हतियार हाे शत्रु तह लाउनि ?
गुटमा लागे सबै माफि नत्र दण्ड पाउनि !
बच्छन् ठूला अादेश दिने त्यसलाइ सदर गर्ने
कारिन्दा र फायल बाेक्ने फन्दा भित्र पर्ने !
एउटै केसमा मुछिए नि मान्छे अनेक थरि
काेहिलाइ मात्र लाग्छ मुद्दा मान्छे छनाेट गरि !
सबै माथि लाग्नु पर्ने त्यस्ताे अख्तियार
काेहिलाइ भने खुस्स भन्छ खा’काे फिर्ता गर !
कानून हाे कि आदेश हाे त्याे उनले आफै जानून
फिर्ता गरे दण्ड माफि कस्ताे खालकाे कानून !
उन्मुक्तिका अनेक काइदा आफ्ना मान्छे पर्दा
कानूनि राज बच्ला र खै यस्ता कृत्य गर्दा !
एउटै केसका अभियुक्त किन काखा पाखा
बाँकिलाइ नि देउ भाे बरु फिर्ता गर्ने भाखा
अख्तियारकाे कदमले कस्ताे नजिर आयो
पक्रिएमा फिर्ता गर्याे उसले माफि पायाे !

(व्यङ्ग्य कवि पन्त पहिलाे ब्यङ्ग्य काब्य काेइलीका लेखक हुन)

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

© 2020 Dhorpatan News All right reserved Site By : SobizTrend Technology