`

नेपालको ओमनसँग दोस्रो हार

पोखरा २७ माघ – आईसीसी विश्वकप लिग –२ त्रिकोणात्मक सिरिजअन्तर्गत ओमनसँग नेपालले दोस्रो हार ब्यहोरेको छ । ओमनसँगको पहिलो खेलमा १८ रनले हारेको नेपालले दोस्रो खेलमा ८ विकेटको नमीठो हार ब्यहोरेको हो ।
२ सय ५० रनको लक्ष्य पाएको ओमानले ४७.२ ओभरमा २ विकेटको क्षतिमा आफ्नो लक्ष्य पूरा गर्दै विजय हातपा¥यो ।
२ सय ५० को लक्ष्य पाएको ओमानका लागि एक्युव ल्लयास बलिङ र ब्याटिङ दुबैमा चम्किए । एक्युवले सतक पूरा गरे । उनले ४ विकेट समेत लिएका थिए । उनी खेलको प्लेयर अफ दि म्याच समेत घोषित भए ।
घरेलु मैदानमा भएको खेलमा टस हारेर व्याटिङको निम्तो पाएको नेपालले ५० ओभरको खेलमा ८ विकेटको क्षतिमा २ सय ४९ रनको योगफल तयार पारेको थियो । २ सय ५० रनको लक्ष्य दिएको नेपालको लागि कप्तान ज्ञानेन्द्र मल्लले अर्धशतकीय योगदान गरे । उनले ७६ बल खेल्दै ६ चौका र १ छक्का प्रहार गरे । मल्ल एक्युव ल्लयासको बलमा मोहम्मद नदिमबाट क्याच आउट भए । ओपनर सुवाष खकुरेल २२ रनमा आउट भए । ओपनद्धय खकुरेल र मल्लले नेपालको लागि ७८ रनको साझेदारी गरे ।
खकुरेल मोहम्मद नदिमको बलमा एलबिडब्लु आउट भए । ४२ बल खेलेका उनले १ चौका हिर्काए । तेस्रो व्याटस्म्यानको रुपमा रहेका पारस खड्काले ३८ रन जोडे । ३४ बल खेलेका खड्काले ६ चौका र १ छक्का प्रहार गरे । खड्का मोहम्मदको बलमा सन्दिप गौडबाट क्याच आउट भए ।
चौथो व्याटस्म्यानको रुपमा क्रिज पुगेका दिपेन्द्र सिंह ऐरी शून्यमै पेभेलियन फर्किए । उनी पनि मोहम्मदको बलमा विलाल खानबाट क्याच आउट भए । यस्तै अरिफ सेख र कुशल मल्ल समान २८–२८ रनमा आउट भए । ४५ बल खेलेका अरिफले १ चौका प्रहार गरे भने २४ बल खेलेका कुशलले २ चौका र २ छक्का हिर्काए । अरिफ एक्युवको बलमा एलविडब्लु भए भने कुशल एक्युवकै बलमा खवार अलिकबाट क्याच आउट भए । त्यस्तै करण केसी र सन्दिप लामिछानेले समान १०–१० रन जोडे । करणले १६ बल खेल्दै १ चौका प्रहार गर्दै आउट भए । सन्दिप र ९ रन जोडेका कमल सिंह ऐरी नट आउट रहे ।
ओमानको लागि एक्युव ल्लयासले १० ओभरमा ३६ रन खर्चेर ४ विकेट लिए भने मोहम्मद नदिमले ८ ओभरमा १ मेडन राख्दै ४४ रन खर्चेर ३ विकेट लिए । २ सय ५० रनको लक्ष्य पछ्याएको ओमानको लागि एक्युव ल्लयासले निकै विष्फोटक व्याटिङ गर्दै शतक पुरा गरे । तेस्रो व्याटस्म्यानको रुपमा क्रिज पुगेका एक्युवले विष्फोटक ब्यााटिङ गर्दै ओमानलाई जित दिलाएका हुन । १ सय ८ बल खेलेका उनले १२ चौका र १ छक्का हिर्काउँदै १ सय ९ रन जोड्दै ओमानलाई सहज जित दिलाएका हुन । ओपनर जितेन्द्र सिंहले २३ रन जोडे । ४१ बल खेलेका उनले ३ चौका प्रहार गरे । जितेन्द्र कुशल मल्लको बलमा बोल्ड हुन पुगे । अर्का ओपनर खवार अलिले ४१ रन जोडे । ५६ बल खेलेका उनले ६ चौका प्रहार गरे उनी सुशान भारीको बलमा बोल्ड भए । ओमनका कप्तान ज्ञासान म्युकसोडले ६८ रन बनाउँदै ओमनलाई जित दिलाए । ७९ बल खेलेका उनले ८ चौका प्रहार गरे ।
नेपालको लागि कुशल मल्ल र सुशान भारीले समान १–१ विकेट लिए । ९ ओभर फालेका कुशलले १ मेडन राख्दै २९ रन खर्चेर १ विकेट लिए । ७.२ ओभर फालेका सुशानले ४१ रन खर्चेर १ विकेट लिए । ओमनको अगाडी नेपालका बलर चल्न सकेनन् । नेपालको मुख्य बलरको रुपमा चिनिने करण केसी र सन्दिप लामिछानेले कुनै विकेट गिराउन सकेनन् । ९ ओभर खेलेका करणले १ मेडन राख्दै ४४ रन खर्चिए । उनले कुुनै विकेट लिन सकेनन् । १० ओभर गरेका स्पिनर सन्दिप लामिछानले ६५ रन खर्चिए । ४ विकेट खेलेका कमल ऐरीले २९ रन खर्चिदा ७ ओभर फालेका पारस खड्काले २९ रन खर्चिए भने एक ओभर फालेका दिपेन्द्र ऐरीले ६ रन खर्चिए । नेपाले आफ्नो तेस्रो खेलमा हार व्यहोरेको हो । नेपाले आफ्नो दोस्रो खेलमा अमेरिका माथि जित हात पारेको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

© 2020 Dhorpatan News All right reserved Site By : SobizTrend Technology