`

पोखरामा गण्डकी प्रदेशस्तरीय क्रिकेट प्रतियोगिता हुँदै

पोखरा, २७ माघ – गण्डकी प्रदेश स्तरीय यु–१६ क्रिकेट प्रतियोगिता हुने भएको छ । क्रिकेटलाई ग्रास रुट लेभलबाट नै विकास गर्नका लागि पोखरा क्रिकेट एकेडेमीको आयोजनामा माघ २९ गते देखि एक दिवसीय क्रिकेट प्रतियोगिता हुने भएको हो ।
प्रतियोगितामा गण्डकी प्रदेशका चार जिल्लाका ५ टिमले सहभागीता जनाउने भएका छन । नेपाली क्रिकेटको विकासलाई आत्मसात गर्दै पोखरा एकेडेमीले यु–१६ क्रिकेट प्रतियोगिताको आयोजना गरेको प्रतियोगिता संयोजक चन्द्र (जिम्मीले) बताए ।
प्रतियोगितामा आयोजक कास्कीको २ तथा स्याङ्जा, बाग्लुङ र नवलपुरले सहभागीता जनाउने छन ।
राउन्ड रोविन लिगको आधारमा खेलाइने खेल फागुन ९ गते सम्म सञ्चालन हुने छ । लिगको शिर्ष स्थानमा रहने टिम नै च्याम्पीयन बन्ने छ । सहभागीले लिग अवधीभर समान चार चार खेल खेल्ने छन ।
प्रतियोगिता बारे जानकारी दिदैँ गण्डकी प्रदेश क्रिकेट संघका अध्यक्ष बमबहादुर कुवँरले ग्रास रुट लेभल बाट खेलाडी उत्पादन गर्ने लक्ष्यका साथ प्रतियोगिता आयोजना गर्न लागेको जानकारी दिए । नेपालमा सामान्यतया टि–२० क्रिकेट हुने गर्छ तर साने लेभल बाट नै हुनलागेको एक दिवसीय ५० ओभरको खेल प्रदेशकै पहिलो हो । खेलाडीलाई एक दिवसीय प्रतियोगिता गर्दा खेलाडीको नेतृत्व विकास हुने अध्यक्ष कुवँरले बताए । १० दिन सम्म चल्ने प्रतियोगिताको च्याम्पीयनले नगद २० हजार रुपैँयाको साथमा ट्रफि प्राप्त गर्ने छन भने सर्वोत्कृष्ट खेलाडी, उत्कृष्ट व्याटस्म्यान र उत्कृष्ट बलर लाई ट्रफि प्रदान गरिने छ । लिगको हरेक खेलमा प्लेयर अफ दि म्याच समेत घोषित गरिने छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

© 2020 Dhorpatan News All right reserved Site By : SobizTrend Technology