`

बागलुङ बजारदेखि कान्छो धौलागिरीसम्म मोटरसाईकल र्यालीको आयोजना

बागलुङ, १ फागुन – पर्यटन बर्षको सन्दर्भ पारेर जिल्लाको काठेखोला गाउँपालिका- २ भीमापोखरामा रहेका धार्मिक एवं सास्कृतिक सम्पदा र पर्यटकीय स्थलहरुको प्रचारप्रसार गर्ने उदेश्यसहित मोटरबाइक र्याली आयोजना गरिएको छ । पुष्पाञ्जली ग्रामिण विकास केन्द्र भीमापोखराले महाशिवरात्रीको दिन र्यालीको आयोजना गरेको अध्यक्ष विक्रम शर्माले वताए ।
कान्छो धौलागिरीको उपनामा पाएको भीमापोखरा डोेहेरीको दारेगौडाबाट देखिने हिमश्रृंखला र मनोरम दृष्यलाई प्रचारप्रसार गर्न मोटरबाइक र्यालीको आयोजना गरिएको हो । केन्द्रले आयोजना गरेको शिवरात्री मेला समापनका दिन फागुन ९ मा बाइक र्याली आयोजना गरेको हो ।
९ फागुन बिहान साढे ७ बजे कालिका भगवति मन्दिरबाट सुरु हुने र्याली पञ्चकोट, भीमादरवार, सिम, डोहेरी हुदै ढारेगौडा पुगेर दृष्यावोलनक गरिने कार्यक्रम रहेको छ । कार्यक्रमपछि शिबालय आधारभुत विद्यालयमा पुगी शिवरात्री मेलामा सहभागी कार्यक्रम तय भएको केन्द्रका अध्यक्ष शर्माले वताए ।
विद्यालयको प्रांगणमा विगत ३८ बर्षदेखि शिबरात्री पर्वलाई मेलाको रुपमा मनाउदै आइएको छ । मेलामा सामुहिक नृत्य, भजनकृतन, भलिबल प्रतियोगिता लगायतका कार्यक्रम सञ्चालन हुनेछन । पुष्पाञ्जली ग्रामिण विकास केन्द्र, वडा कार्यालय, जिल्ला पर्यटन समिति र कालिका भगवती गुठी ब्यवस्थापन समितिको संयोजनमा सो कार्यक्रम आयोजना गरिएको वडा अध्यक्ष विद्यापति शर्माले वताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

© 2020 Dhorpatan News All right reserved Site By : SobizTrend Technology