`

खुल्यो अन्नपूर्ण बेसक्याम्प

पोखरा,२ फागुन – अनिश्चितकालका लागि बन्द भएको अन्नपूर्ण बेसक्याम्प खुलेको छ । एक महिना अघि बेसक्याम्पको हिंकु केभ र देउरालीचिको भागमा हिमपहिरो खसेपछि बन्द भएको पदमार्ग ३ दिनअघि मंगलबार खुलेको पर्यटन व्यवसायीहरुले बताएका छन् ।

छोम्रोङ पर्यटन व्यवस्थापन समितिका अध्यक्ष बुद्धिमान गुरुङका अनुसार गएको २७ गतेदेखि अन्नपूर्ण पदमार्ग माथि पदयात्री र पदमार्गीहरुमाथि लगाइएको बन्देज खुलाइएको हो । ‘माघको २७ गतेदेखि अन्नपूर्ण बेसक्याम्पमा पदयात्रीहरुको लागि लगाइएको बन्देज खुला गरिएको छ,’ उनले भने, ‘हिमपहिरोमा परेर ७ जना हराएपछि अनिश्चितकालका लागि बेसक्याम्प बन्द गरिएको थियो । ३ अघिदेखि खुलेको छ ।’

अध्यक्ष गुरुङले ढुक्क भएर पदमार्गीहरुलाई पदयात्रामा आउँन समेत आग्रह गरेका छन् । एक महिनाअघि बेसक्याम्पमा हिम पहिरो जाँदा ४ कोरियाली र ३ जना नेपाली हराएका थिए । हिमपहिरोमा हराएका उनीहरु अझैसम्म भेटिएका छैनन् । अन्नपूर्ण बेसक्याम्पका पर्यटन व्यवसायी जगनराज गुरुङले पदमार्गीहरुलाई स्थानीयहरुसंग मौसमअवस्थाबारे बुझेर मात्रै पदयात्रामा निस्किन आग्रह गरेका छन् । हराएका ७ लाई उद्धार गर्नका लागि आफूहरुले पनि सक्दो पहल गरि रहेको उनको भनाई छ । हिमपहिरो गएको ठाउँमा खोला रहेकाले पनि खतरा रहेको उनको भनाई छ । अहिले हिमपहिरो गएको ठाउँमा पुल निर्माण गर्न सके दुर्घटनाको जोखिम अलि कम हुने उनको अनुमान छ । हराएका ७ को उद्धार कार्यमा बाक्लो हिउँ जमेको हुनाले पनि उद्धारमा समस्या आएको उनले बताए ।बेसक्याम्पमा सबै पदयात्रीहरुलाई ढुक्क भएर आउँन उनले आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

© 2020 Dhorpatan News All right reserved Site By : SobizTrend Technology