`

धरौटि रकम तिर्न नसक्दा कारागार चलान

पोखरा, २ फागुन – पोखरा १० जनप्रिय घर भइ पोखरा १३ काहुँखोला निवासी चित्रबहादुर धरौटि रकम तिर्न नसक्दा कारागार चलान भएका छन् । माघ २ गते कास्कीको मादि गाउँपालिकामा लोड गरी भरुवा बन्दु लिएर हिड्ने क्रममा चित्रबहादुरलाई कास्की प्रहरीले पक्राउ गरेको थियो । पक्राउ परेका ३५ वर्षीय चित्रबहादुर एक लाख रुपैयाँ धरौटि रकम तिर्न नसक्दा कारागार चलान भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता एवम् डिएसपी राजकुमार केसीले जानकारी दिए । कास्की प्रहरीले यस अघि पोखरा क्षेत्रीय विमान स्थलबाट २९ राउण्ड गोली सहित जितु शाहिलाई पक्राउ गरेको थियो । विमान स्थल चेकजाचको क्रममा अवैध रुपमा पोखराबाट काठमाण्डौँ लादैँ गरेको शाहिलाई माघ १२ गते पक्राउ गरिएको हो । ४० वर्षीय शाहि ठेक्कापट्टा गर्ने गर्छन ।
लागुऔषध र गाजाँ सहित ६ पक्राउ
यस्तै कास्की प्रहरीले माघ महिनामा लागुऔषध तथा अबैध गाजा सहित ६ जनालाई पक्राउ गरेको छ ।
कास्की प्रहरीले लागुऔषध सहित दुई तथा अबैध गाजाँ सहित एक बालक र तिन युवालाई पक्राउ गरेको हो । पोखरा १३ मियाँपाटन बस्दै आएका २८ वषीर्य अर्जुन नेपाली र २३ वर्षीय कृष्ण विक लागुऔषध सहित पक्राउ परेका हुन ।
उनीहरुको साथबाट नुर्फिन एस सय ८ थान, डाइजापाम एक सय ७ साथ र फेनारगन ६१ थान सहित पक्राउ परेका हुन ।
उनीहरुलाई ग १८ प ५७२४ नम्बरको स्कुटर चेकजाच गर्ने क्रममा पक्राउ गरेको प्रवक्ता केसीले जानकारी दिए ।
त्यसतै माघ २५ गते पोखरा ७ नागढुङाबाट २२ वर्षिय विजय वि.क लाई १ किलो ७ सय ग्राम गाजाँ सहित पक्राउ गरेको उनले बताए । माघ ७ गते पोखरा २९ पाटनवेसीबाट एक बालक र २४ वषीर्य अमृत सुनारलाई ५ सय ग्राम गाजाँ सहित पक्राउ गरिएको केसीले बिहिबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए । माघ १९ गते पोखरा मासवार बाट २१ वर्षीय बावुकाजी शिलवाललाई ७ सय ५० ग्राम गाजाँ सहित कास्की प्रहरीले पक्राउ गरेको उनले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

© 2020 Dhorpatan News All right reserved Site By : SobizTrend Technology