`

क्यान इन्फोटेकसँगै  हाजिरीजवाफ प्रतियोगिता

पोखरा,२ फागुन – आगामी फागुन ११ देखि १५ गतेसम्म पोखरामा हुने ‘प्रभु पे क्यान इन्फोटेक–२०२० इन एसोसिएसन विथ वल्र्डलिंक’ को सन्दर्भमा जिल्लास्तरीय क्विज आयोजना गरिएको छ । तनहुँमा आइसिटी क्विज सम्पन्न भइसकेको छ । लमजुङमा फागुन ३ गते शनिबार क्विज हुने क्यान कास्कीका अध्यक्ष रुक्मागत भण्डारी विश्वासले जानकारी दिए ।

क्यान तनहुँको आयोजनामा हालै सम्पन्न क्विजमा अरनिको मावि प्रथम भएको छ । कन्काइ मावि द्वितीय र सत्यवती मावि तृतीय भएको क्यान तनहुँका अध्यक्ष टीकाराम पनेरुले जानकारी दिए । प्रथम, द्वितीय र तृतीयले क्रमशः १० हजार रुपैयाँ, ७ हजार रुपैयाँ र ५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरेका छन् ।

यसैबीच, क्यान कास्कीद्वारा आयोजित ११औं संस्करणको क्यान इन्फोटेकको तयारीलाई तिब्र बनाइएको छ । यस पटक क्यान कास्कीले प्रदेशस्तरको सूचना प्रविधि मेला आयोजना गरेको हो । पोखराको नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा हुने इन्फोटेकले सूचना तथा प्रविधिको क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याउने आयोजकको विश्वास रहेको सचिव सेवक क्षितिजले बताए । मेलामा आइसिटीसंग सम्बन्धित करिव १ सय वटा स्टल रहनेछन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

© 2020 Dhorpatan News All right reserved Site By : SobizTrend Technology