`

सिलिङ्गे सहकारीद्वारा विद्यालयमा शैक्षिक सामग्री वितरण

पोखरा, २ फागुन – सिलिङ्गे कृषि उत्पादक सहकारी संस्थाले आफ्नो १२ औँ स्थापना दिवसको अवशरमा विद्यालयमा विविध शैक्षिक तथा खेलकुद सामग्री वितरण गरेको छ । भवानी कालिका माध्यमिक विद्यालय पोखरा २६ मा अध्ययनरत आधारभूत तहका विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरेको हो । सामग्री वितरण गर्दै संस्थाका अध्यक्ष शैलेन्द्रमोहन भट्टराईले सिलिङ्गे कापीकलम योजना अन्तर्गत गरिब तथा जेहेन्दार विद्यार्थीका लागि उक्त सामग्री वितरण गरिएको बताए । उनले प्रायजसो विपन्न समुदायका बालबालिकाहरु पढ्न आउने सामुदायिक विद्यालयमा यस्ताखाले सामग्री वितरण गरिने आफूहरुको सानो प्रयासले विद्यार्थीको उज्ज्वल भविष्यको मार्गदर्शन बन्न सक्नेमा आशा व्यक्त गरे ।
त्यस्तै मुक्तिनाथ विकास वैंक पोखराले विद्यालयमा २५ थान फुलका गमला हस्तान्तरण गरेको छ । वैंकका बुढीबजार शाखाप्रमुख रामचन्द्र रानाभाटले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चिनिया थापा तथा प्रधानाध्यापक रमेश भट्टराईलाई गमला हस्तान्तरण गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

© 2020 Dhorpatan News All right reserved Site By : SobizTrend Technology