`

के हो आकस्मिक गर्भनिरोधक औषधि ?

असुरक्षित यौन सम्बन्धपछि गर्भ रहन नदिन आकस्मिक गर्भनिरोधक साधनको प्रयोग गरिन्छ । आकस्मिक गर्भनिरोधकको प्रयोगशारीरिक सम्पर्क भएको पाँच दिनसम्म गर्न सकिन्छ, तर जति छिटो प्रयोगमा ल्याइयो, त्यति नै प्रभावकारी हुन्छ ।

विश्व स्वास्थ्य संगठन ‘डब्लुएचओ’ ले आकस्मिक गर्भनिरोधक औषधिका रूपमा लिभोनोरजेस्ट्रेल र युलिप्रिस्टललाई मान्यता दिएको छ। यो हर्मोनयुक्त खाने चक्की हो । यो चक्की असुरक्षित यौन सम्बन्धको पाँच दिन अर्थात् एक सय २० घन्टाभित्र लिभोनोरजेस्ट्रेल भए१.५ मिलिग्रामको एक मात्रा बराबर र युलिप्रिस्टल भए ३० मिलिग्राम लिनुपर्ने डब्लुएचओले बताएको छ । लिभोनोरजेस्ट्रेल भए यसलाई०.७५ मिलिग्रामको दुई चक्की १२ घण्टाको फरकमा पनि खान सकिने डब्लुएचओले बताएको छ ।

आकस्मिक गर्भनिरोधक चक्की उपयोग गर्दा शतप्रतिशत गर्भ रोक्ने ग्यारेन्टी भने हुँदैन । डब्लुएचओले बताएअनुसार यस्ता इसीपीकोप्रभावकारिता ५२ देखि ९६ प्रतिशतसम्म मात्रै हो । असुरक्षित यौन सम्पर्कपछि जति छिटो यस औषधि प्रयोग गर्यो, यसको प्रभावकारितात्यति नै बढी हुने बताइएको छ । मुख्यतः ७२ घण्टासम्म यसले राम्रोसँग काम गर्ने तर त्यसपछि यसै भन्न नसकिने विश्व स्वास्थ्यसंगठनले बताएको छ ।

कसरी काम गर्छ औषधिले ?

आकस्मिक गर्भनिरोधक चक्कीमा लिभोनोरजेस्ट्रेल वा युलिप्रिस्टल एसिटेट नामक एउटा हर्मोन हुन्छ, जसले गर्भ बस्न दिँदैन । गर्भ बस्नआवश्यक हर्मोनलाई यसले नष्ट गरिदिन्छ र गर्भ बस्न दिँदैन । यो हर्मोनले पुरुष हर्मोन र महिला हर्मोनको बीचमा द्वन्द्व गरेर गर्भ बस्नदिँदैन, जसकारण अनिच्छामा गर्भ बस्न सक्दैन भन्ने मान्यता हो । यो हर्मोनले महिलाको डिम्बाशयबाट निस्कने डिम्बलाई रोक्ने, यदिडिम्ब निस्किसकेको छ भने शुक्रकीटसँग सेचन भई भ्रुण बन्न नदिने र यदि भ्रुणसमेत बनिसकेको छ भने पाठेघरमा टाँसिन दिँदैन । सेचनभइसकेको भए पनि भु्रण बन्न ७२ घण्टा लाग्ने भएकाले यसलाई ७२ घण्टे चक्की पनि भनिएको हो ।

स्वास्थ्यमा के प्रभाव पर्छ ?

गर्भ रहनबाट रोक्नका लागि यो चक्की प्रभावकारी माध्यम हो । असुरक्षित यौनसम्पर्क भएको ७२ घन्टाभित्र आकस्मिक गर्भनिरोधककोप्रयोग गरेमा गर्भ रहने सम्भावना न्यून हुन्छ । तर, १२ देखि २४ घन्टाभित्र प्रयोग गरेमा बढी प्रभावकारी मानिन्छ । आकस्मिक गर्भनिरोधककोप्रयोग अत्यधिक गर्नुहुँदैन । छोटो समयमै धेरै चक्कीको प्रयोग गर्दा स्वास्थ्यमा प्रतिकूल असर पर्न सक्छ । यसको प्रयोगले वाकवाकीलाग्ने, बान्ता हुने, रिंगटा लाग्ने, टाउको दुख्ने, थकान महसुस हुने, स्तन भारी महसुस हुनेजस्ता स्वास्थ्य समस्या पनि देखिन सक्छन् ।यस्ता स्वास्थ्य समस्या केही समयमै आफैँ हराएर जान्छन् ।

के यो सुरक्षित छ ?

आकस्मिक गर्भनिरोधक चक्की स्वास्थ्यका दृष्टिकोणले सुरक्षित भन्न सकिने अवस्था छैन । आकस्मिक घटनामा एक÷दुईपटक प्रयोगगर्नाले यसले खासै फरक पार्दैन । तर यसलाई अन्य पिल्ससरह नियमित प्रयोग गर्ने गरियो भने यसलाई गम्भीर स्वास्थ्य समस्यानिम्त्याउन सक्ने बताउँछन् प्रसूतिगृहका निर्देशक तथा वरिष्ठ प्रसूति रोग विशेषज्ञ डा. जागेश्वर गौतम । त्यतिमात्रै होइन, यो पिल्स गर्भरोक्नमा शतप्रतिशत सक्षम छैन । कतिपय अवस्थामा यो औषधि प्रयोग गरे पनि गर्भ रहन सक्छ ।

असर :

हर्मोनमा गडबडी

महिलाले प्रयोग गर्ने यस्ता औषधिमा शरीरमा हुनेभन्दा फरक हर्मोन हुन्छ । यो हर्मोनले अर्को हर्मोनसँग संघर्ष गरेर गर्भ बस्न दिँदैन । तर, यस्तो औषधि प्रयोगपछि यस्ता हर्मोन पनि महिलाको शरीरमा रहन सक्छ । जसकारण शरीरमा अनावश्यक हर्मोन प्रवेश भई विभिन्नशारीरिक समस्या ल्याउन सक्छ ।

पाठेघरको नली फुट्ने खतरा

यस्ता चक्की प्रयोगले पाठेघरको नलीसमेत फुटाउन सक्ने प्रसूति गृह निर्देशक डा. जागेश्वर गौतम बताउँछन् । महिलाको पाठेघर अत्यन्तैसंवेदनशील अंग भएकाले यस्ता औषधि प्रयोगले नलीमा विकास भएको वा हुन लागेको भ्रुणलाई असर गर्छ । जसकारण पाठेघरकोनली फुट्न सक्ने खतरासमेत हुने उनको भनाइ छ ।

अत्यधिक रक्तश्रावको खतरा

आकस्मिक गर्भनिरोधक चक्की सेवनले धेरै रक्तश्राव हुने खतरा रहेको निर्देशक गौतम बताउँछन् । भ्रुण बनिसकेको भए यस्ता चक्कीलेत्यो भ्रुण तुहाउँछ । यस्तो अवस्थामा यस्ता औषधि लिने महिलालाई अत्यधिक रक्तश्राव हुने उनको भनाइ छ ।

बाँझोपनको खतरा

आकस्मिक गर्भनिरोधक चक्की अत्यधिक प्रयोग गर्नाले महिलामा बाँझोपन समस्या आउन सक्ने चेतावानी दिन्छन् डाक्टर गौतम । यीऔषधि लगातार प्रयोग गर्नाले प्रोजेस्टेरोन हर्मोन उत्पादन नै बन्द हुन सक्ने खतरा छ । जसकारण पछि गर्भ नै नबस्ने खतरा हुने उनकोचेतावनी छ । प्रोजेस्टेरोन एउटा त्यस्तो महिला हर्मोन हो, जसले डिम्ब निष्कासन तथा गर्भ बस्नमा महत्वपूर्ण भूमिका खेल्छ ।

यौनरोगको जोखिम उस्तै

अहिले इमर्जेन्सी कन्ट्रासेप्टी पिल्स अर्थात् एसीपीको प्रयोग गरेपछि गर्भ रहँदैन भन्दै युवकयुवतीले यसको प्रयोगलाई व्यापकता दिएकाछन् । तर, गर्भ रोक्ने औषधि छँदै छ नि भन्दै उनीहरूले कन्डम प्रयोगमा अनिच्छा देखाउँदा यसले यौनरोगको खतरा भने बढाएको छ ।औषधि प्रयोगले यौनरोग सर्नबाट रोक्न सक्दैन । जसकारण एचआइभी एड्सजस्ता भयानक रोगको खतरा दिनानुदिन बढ्दै गएको छ ।

महिनावारी गडबड

यो औषधिमा हर्मोन हुने र महिलाको शरीरमा हुने हर्मोनसँग द्वन्द्व हुने भएकाले यसले महिलाको मासिक चक्रमा असर गर्न सक्छ ।कतिपयलाई यो औषधि प्रयोग गरेलगत्तै रक्तश्राव पनि हुन सक्छ । जसकारण महिनावारीमा गडबडी ल्याउने काम गर्छ । यस्ताऔषधिका कारण कहिले समयभन्दा अगाडि र कहिले महिना पुगेको लामो समयपछि मात्रै महिनावारी हुने गरेको डाक्टर गौतम बताउँछन्।

प्रयोग गर्ने अधिकांश अविवाहित

यस्ता औषधि प्रयोग गर्ने अधिकांश किशोरी वा युवती अविवाहित हुने गरेको एक औषधि पसल सञ्चालक बताउँछन् । ‘यस्ता औषधिकिन्न आउने धेरैजसो १८ देखि २५ वर्ष उमेर समूहका छन्,’ अर्को फार्मासिस्ट बताउँछन् । ‘विवाहितले तीनमहिने सुई, पिल्स, कपरटीजस्ता साधन प्रयोग गर्ने भएकाले उनीहरूलाई यस्ता औषधि आवश्यकता नै पर्दैन । तर, बिहे नगरेका वा आफ्ना सेक्स पार्टनरसँगरिलेसनसिपमा रहेकाले यस्ता औषधि बढी प्रयोग गर्ने गरेको पाइन्छ ।

के–के नाममा छन्– यस्ता औषधि ?

औषधिको जेनेरिक नेम लिभोनोरजेस्ट्रेल र युलिप्रिस्टल नै भए पनि नेपाली बजारमा विभिन्न नाममा यस्ता औषधि प्रयोग र बिक्री बितरनभइरहेको छ । नेपाली बजारमा अनवान्टेड ७२, आइपिल, इ–७२ म्याक्स, इकोन, ओके, एमटीपी प्रिग्नो, एमटी पिल्स जस्ता नाममायसको बिक्री र प्रयोग भइरहेको छ ।

आकस्मिक गर्भनिरोधक औषधि आकस्मिक अवस्थाका लागि मात्रै हो । अनिच्छामा गर्भ बसेर पछि गर्भपतन गराउनुभन्दा यसको प्रयोगउत्तम हो भन्न सकिन्छ । तर, यसलाई अन्य पिल्ससरह नियमित सेवन गर्नु वा अत्यधिक प्रयोग गर्नु राम्रो हुँदै र होइन पनि। बरु जनचेतनाबढाएर कन्डमको प्रयोगलाई बढाउनुपर्छ । चाउचाउ वा चक्लेट किनेर खाएझैं प्रयोग गर्दा यसले भविष्यमा गम्भीर स्वास्थ्य समस्या ल्याउनेनिश्चित छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

© 2020 Dhorpatan News All right reserved Site By : SobizTrend Technology