`

बिदेशी मुर्तिकारलाई बागलुङमा स्वागत

बागलुङ, ४ फागुन– गलकोटमा हुने अन्तराष्ट्रिय मुर्तिकला कार्यशालाका लागि आएका बिदेशी कलाकारलाई बागलुङमा स्वागत गरिएको छ । बागलुङ नगरपालिकाका प्रमुख जनकराल पौडेलसहित कालीका भगवती गुठी व्यवस्थापन समिति, जिल्ला प्रशासन र गलकोट क्षेत्रका बासिन्दाले कालीका मन्दिर परिसरमा स्वागत गरेका हुन् । समितिका अध्यक्ष राजु खड्काले कलाकारलाई भजनकृतनसहित कालीका मन्दिर पनि घुमाएका थिए ।
कार्यशालाका लागि छिमेकी चीनसहित दश देशका कलाकार बागलुङ आएका हुन् । सोमबारदेखि गलकोट नगरपालिका वडा नं. ५ टेउवामा सुरु हुने अन्तराष्ट्रिय मुर्तिकला कार्यशालाका लागि उनीहरु आएका हुन् । उनीहरुले मंसिर २१ गतेसम्म टेउवामा बसेर मुर्ति कुद्नेछन् । विशेषगरी मानव जीवनका लागि उपयोगी, ईतिहास र संस्कृति सम्बन्धी मुर्ति कुंदिने योजना बनाइएको गलकोट कला प्रतिष्ठानका अध्यक्ष क्याप्टेन पूर्णबहादुर रानाले बताए । मुर्तिकला कार्यशाला सोमबार मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले उद्घाटन गर्ने कार्यक्रम छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

© 2020 Dhorpatan News All right reserved Site By : SobizTrend Technology