`

वडा नम्वर १८ र २४ मा मेलमिलाप केन्द्र स्थापना

पोखरा, ५ फागुन – पोखरा महागनरपालिका वडा नम्वर १८ र २४ मा मेलमिलाप केन्द्र स्थापना भएको छ । पोखरा महानगरपालिका न्यायिक समितिले वडा तहका विवाद वडामै समाधान गर्ने उद्देश्यले दुवै वडामा केन्द्र स्थापना गरेको हो । केन्द्रको पोखरा महानगरपालिका उपप्रमुख एवं न्यायिक समितिका संयोजक मञ्जुदेवी गुरुङले आइतबार उद्घाटन गरिन् । केन्द्र उद्घाटनपछि बोल्दै उपप्रमुख गुरुङले विवाद समाधान गर्दा मेलमिलापलाई प्राथमिकता दिनुपर्ने बताइन् । मेलमिलापकर्ताले विवादका दुवै पक्षलाई मिलाउने गरी वातावरण सृजना गर्नुपर्नेमा जोड दिइन् । मुद्धा मार्मिला गरेर भन्दा मिलेर जादाँ समाजमा सद्भाव र एकता कायम हुने बताइन् । उनले कानुनको अज्ञानतामा छम्य नहुने बताउदै न्यायिक समितिले आफनो क्षेत्र अधिकारभित्र बसेर न्याय सम्पादन गर्ने बताइन् ।

उनले महानगरपालिका हुन जुनजुन मापदण्ड कायम गरिएको हुन्छ, त्यही आधारमा विवाद हेर्न पाउने कानुनी व्यवस्था हुनुपर्ने बताइन् । उनले न्याय सम्पादन गर्दा निष्पक्ष, तटस्थ र स्वतन्त्र रुपमा गर्नुपर्नेमा जोड दिइन् ।

न्यायिक समितिका सदस्य किशोर बरालले न्यायिक समितिका गठन, समितिको क्षेत्राधिकार, समितिले हालसम्म गरेका काम र आगामी योजनाका बारेमा जानकारी गराए । उनले न्यायिक समितिले १३ वटा विवाद फैसला गर्न पाउने र ११ वटा विवादमा मेलमिलाप गराउन सक्ने व्यवस्था संविधानले गरेको बताउदै न्यायिक समितिको अधिकार क्षेत्र र मेलमिलापकर्ताको काम,कर्तब्य र अधिकार बारे जानकारी गराए ।

पोखरा २४ का अध्यक्ष ओम सुवेदीले केन्द्र स्थापनाले वडाका विवाद समस्या समाधानमा सहज हुने बताए ।उनले सवैले न्यायको अनुभुति गर्ने गरी मेलमिलापकर्ताले काम गर्नुपर्ने र त्यसका लागि वडा आवश्यक सहयोग गर्न तयार रहेको बताए । न्यायिक समिति सदस्य पार्वती कार्कीले वडा तहका विवादलाई मेलमिलाप मार्पmत समाधान गर्दा सामाजिक सद्भाव कायम हुने बताइन् । कार्यक्रममा मेलमिलापकर्ता कृष्णप्रसाद सुवेदी, महानगरका कानुन अधिकृत राममणी अधिकारी लगायतले बोलेका थिए ।

यस्तै वडा नम्वर १८ मा मेलमिलाप केन्द्र स्थापना भएको छ । केन्द्रको महानगरका उपप्रमुख मञ्जुदेवी गुरुङले गरिन् ।वडा नम्वर १८ का अध्यक्ष रणबहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा न्यायिक समिति सदस्य पार्वती कार्की, नेकपा वडा कमिति अध्यक्ष पुष्कल थापाले बोलेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

© 2020 Dhorpatan News All right reserved Site By : SobizTrend Technology