`

नेविसंघका नेता रेशम हमाल पक्राउ

पोखरा,१२ फागुन – पृथ्वीनारायण क्याम्पसमा गत साता दुई संगठनबीच भएको झडपलाई व्यक्तिगत रिसइबीतर्फ मोडिएपछि प्रहरी प्रशासनले नेविसंघका नेता रेशम हमाल (राजेश) लाई पक्रेको छ । उनी गत स्ववियु निर्वाचनमा नेविसंघका तर्फबाट सभापतिका उम्मेदवारसमेत हुन् ।

घटना गएको फागुन ८ गतेको हो । उक्त दिन नेपाल विद्यार्थी संघमा आबद्ध विद्यार्थी र अनेरास्ववियुमा आबद्ध विद्यार्थी समुहबिच झडप भएको थियो । उक्त झडपमा अनेरास्ववियुका विराट दवाडी र विशाल पन्त घाइते भएका थिए । ती दुइजनै विद्यार्थीहरुलाई उपचारको लागि मनिपाल शिक्षण अस्पताल नै लग्नुपरेको थियो । अहिले उनीहरु डिस्चार्ज भइसकेका छन् । तर, अघिल्लो वर्ष यी दुई विद्यार्थीले नै नेविसंघको कार्यक्रममा गएर धावा बोलेपछि त्यहाँपनि झडप भएको थियो ।

यस्तै, फागुन ६ गते पनि दुई विद्यार्थी संगठनबिच झडप हुँदा नेविसंघमा आबद्ध विद्यार्थीहरु घाइते भएका थिए । पिएनमा दिन बिराएरै विद्यार्थी संगठनबिच झडप भई नै रहन्छन । यसअघि यी घटना राजनीतिक संठगनको लडाई भनेर क्याम्पस गेटभित्रै मिल्थ्यो । फेरि, लडाइ हुन्थ्यो । तर, अहिले भने कुटिएका दुई विद्यार्थीले नेविसंघका आठजनाविरुद्ध किटानी जाहेरी नै दिएका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

© 2020 Dhorpatan News All right reserved Site By : SobizTrend Technology