`

सरकार बिरूद्द प्रतिक्रियाबादी मिल्नुको विकल्प छैन : प्रधानमन्त्री ओली

  • पोखरामा गण्डकी प्रदेशस्तरीय कार्यकर्ता प्रशिक्षण कार्यक्रम
  • पोखरा, १२ फागुन – प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार असफल बनाउन प्रतिक्रियावादीहरुले पार्टी भित्रैका व्यक्तिहरुको महत्वकांक्षा बढाउने काम गरेको आरोप लगाएका छन् ।
    पार्टीको विभिन्न कमिटीहरुमा अल्पमतमा पर्दै गएका प्रधामन्त्री ओलीले सोमबार पोखरामा गण्डकी प्रदेशस्तरीय कार्यकर्ता प्रशिक्षण कार्यक्रममा भने, ‘पार्टी भित्रै फाटो बनाउन सकिन्छ कि, बिगार्न सकिन्छ कि, कसैको महत्कांक्षा बढाएर त्यसलाई प्रयोग गरेर समस्या खडा गर्न सकिन्छ कि ? भन्दै हाम्रा विरुद्ध अनेकौँ शक्ति लागेका छन् ।’
    पार्टीको आन्तरिक जीवनका घटनाक्रमप्रति नरमरुपले प्रस्तुत भएका उनले अगाडि भने,‘ उनीहरुले अनेक प्रकारका पाँसो थाप्न खोज्छन्, अस्त्रहरु प्रयोग गर्छन्, प्रचार युद्ध गर्छन् र आक्रमण गर्छन् । हामीकहाँ पनि भइरहेको छ । फाटो बनाउन सकिन्छ कि, बिगार्न सकिन्छ कि, कसैको महत्कांक्षा बढाएर त्यसलाई प्रयोग गरेर समस्या खडा गर्न सकिन्छ कि ? आन्दोलनलाई बदनाम गर्ने, कमजोर बनाउनेतर्फ उनीहरुको ध्यान हुन्छ । रचनात्मक कुरा र सुझाव हुँदैन । त्यो हामीले बुझ्नुपर्छ, एकता सुदृढ गर्ने,कुनै भ्रममा नपर्ने र एकतावद्ध ढंगले अगाडि बढ्ने त्यो सफलता र निरन्तरताका पूर्वसर्त हुन् ।’
    उनले थपे, ‘कम्युनिष्ट आन्दोलन, समाजवादको निर्माण सजिलोसँग कहीँ पनि भएको छैन, त्यो उहिलो जतिबेला सशस्त्र संघर्षको जमानामा पनि, अब त्यो अवस्था छैन ( सशस्त्र संघर्ष) को , शान्तिपूर्ण अवस्थामा जाँदा पनि सहज ढंगले प्रतिक्रियावादीले ,लोकतान्त्रिक विधिबाट अगाडि बढ्छु भन्दा पनि प्रतिक्रियावादीहरुले त्यसले स्वीकार्छन भन्ने कुरा छैन । उनीहरुले जे खोज्यो त्यही हुनुपर्छ, भएन भने अलोकतान्त्रिक हुन्छ, आफू नभए अधिनायवाद भइहाल्छ ।’प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसप्रति आक्रामक देखिएका ओलीले कांग्रेसले गैरविषयलाई लिएर सरकारको आलोचना गरेको आरोप लगाए । ‘केही न केही नाममा आलोचना,,दौराको रंग मिलेन भनेर,गैरविषयलाई,अंग्रेजीमा नन इस्यु भन्छन् नि’, उनले भने,‘ कुखुराको एउटा चल्लाले के टिपेर कुना लाग्छ,अरुलाई के टिप्यो थाहा छैन,पछि लाग्छ्न्, यहाँ यस्तै भएको छ ।प्रतिपक्षी भएको देखाउन विरोध भएको छ ।’ उनले कांग्रेस विरोधको विषयबिना नै दिनदिनै माइतीघर गएको जिकिर पनि गरे ।
    ‘कांग्रेसको बहुमतकालमा सडकमा पिटाइ नखाएको हाम्रा कोही नेता छैनन्’, उनले भने , ‘कम्युनिस्ट भएकै कारण त्यसो गरियो ।’ उनले कम्युनिष्टहरुको लागि कुनै पनि समय अनुकुल नभएको बताउँदै अगाडि थपे, ‘लोकतान्त्रिक प्रकृयामा जाँदा पनि स्वीकार्दैनन् ।
    अहिलेको बहुमतीय प्रणालीबाट बहुमत ल्याउन सजिलो नभएको बताउँदै नेपालमा कम्युुनिष्टले बहुतम ल्याउनु, लामो समयदेखि फरक–फरक विचार बोकेका पार्टीबीच एकता हुनु विश्वकै कम्युनिष्ट आन्दोलन, प्रगतिशील आन्दोलन र देशभक्तिपूर्ण आन्दोलनले शिक्षा लिनसक्ने दावी पनि गरे ।
    ‘यो असफल भयो भने आन्दोलन उग्रतामा जानसक्छ, सफल हुनसक्दैन , यो आन्दोलन असफल भयो भने निरासामा परिणत भएर दक्षिणपन्थमा जानसक्छ, दक्षिणपन्थतिर आन्दोलनलाई जान नदिन, हाम्रो लागि मात्रै नभएर विश्वकै लागि पनि हामीले सही बाटो समातेका छौँ, एकतावद्ध भएर जानुपर्छ, यो बाटोलाई नछाडौँ’, उनले भने,‘देशीविदेशी प्रतिक्रियावादीहरुको सक्रियता र हमलालाई परास्त गरेर अहिलेसम्म आएका छौँ, अझ अघि जान सक्छौँ । यो असाधारण प्रयास र सही नीतिका कारण हो । ’
    उनले सरकारको पहिलो काम अहिले भोको नरहने ,खानको लागि भएको बताउँदै भने,‘ सडकमा बालकले खानको लागि कुकुर्सँग लड्न नपरोस् भन्ने हो ।’ उनले सरकारकै कारण काठमाडौ सडकमा कोही असहाय मान्छे नभएको जिकिर पनि गरे । सडकमा देखिएका केही असहायहरुलाई भने उनले शौखिन मगन्तेको संज्ञा दिए । ‘सडकमा असहाय मान्छे छैन् ।केही शोखिनहरु छ्न् ।आउ भन्यो, ३५ हजार माग्छ्न्’, उनले भने । उनले खुला दिसामुक्त क्षेत्र घोषणा, खरका छाना भएकाहरुलाई जस्तापाता दिने,नमुना,एकीकृत बस्ती बनाउने ,कमैयाको पुनर्वासको व्यवस्था पनि यही सरकारको उपलब्धि भएको बताए । उनले सरकारले रोजगारी सृजना गरेकाले नै पछिल्लो समयमा विदेश जाने युवाहरु घटेको जिकिर पनि गरे ।
    प्रधानमन्त्री ओलीे कुरैकुरामा हिमाली क्षेत्रमा पाइने च्याङ्ग्राले मिनरल वाटर र औषधि खाएकाले त्यसको माग बढी भएको विषयमा पनि प्रवेश गरे । उनले हिमाली चौँरीबाट उत्पादित चीज तिब्बतमा बेच्नसके ५ गुणा बढी मूल्य पाइने बताउँदे यहाँको विविधतालाई उपयोग गर्दै प्रांगारिक कृषिमा जोड दिनुपर्ने बताए ।
    उनले सरकारका सफलतामा नवलपुरमा फलामखानी संचालनको तयारी, किमाथांका नाकाको बाताबे ,पुर्व पश्चिम रेलमार्गको तयारी तथा निजगढ विमानस्थल निर्माणको चरणलाई पनि जोडे । आफ्नै पानी जहाजको प्रसंग निकाल्दै उनले गंगा नदी हुँदै समुद्रमा आफु्नै झण्डा भएको पानीजहाज चलाउने कुरा पनि दोहो¥याए । ा नेपाल भ्रमण वर्षलाई कोरोनाले धक्का दिए पनि नेपालमा कोरोना नभित्रिएको र चीनबाट ल्याइएका विद्यार्थीमा पनि कोरोना नदेखिएको प्रसंग झिक्दै उनले कोरोना नियन्त्रणको लागि प्रभाकारी जाँचको व्यवस्था गरिएको जिकिर गरे ।
    प्रधानमन्त्री ओलीले शान्ति प्रक्रिया अन्तिम चरणमा पुगेको र विश्वका लागि नमूना भएको बताए । उनले भुटानी सरणार्थी समस्या समाधान भएको दावी पनि गरे । भुटानीहरु अहिले तेस्रो देशमा पुनस्र्थापित भएका छन्’, उनले भने,‘सानो देश भए पनि हामीले दुनियाँका ठूला देशहरुसँग आँखा जुधाएर क्ुरा गर्न सक्ने भएका छौँ ।’

    प्रतिक्रिया दिनुहस

    सम्बन्धित समाचार

    © 2020 Dhorpatan News All right reserved Site By : SobizTrend Technology