`

आहा रारा गोल्डकप : पुलिस र मनाङ भिड्दै

पोखरा, १ चैत – मनाङ मस्र्याङ्दी र नेपाल पुलिस क्लबलाई नेपाली फुटबलको महारथी नै मानिन्छ । दुबै टिमको खेल रोमाञ्चक हुने गर्दछ । जसरी बार्सिलोना र रियल मड्रिडको एलक्लासिको रोमाञ्चक मानिन्छm त्यसरी नै पुलिस र मनाङको खेललाई पनि नेपाली एलक्लासिकोको रुपमा लिने गरिन्छ । पोखरा आहा रारा गोल्डकपमा पनि यी दुई टिम फाइनलमा १५ वर्षपछि भिड्दै छन । दुबै टिम आहा रारा गोल्डकपको किर्तिमानी विजेता बन्ने होडमा देखिन्छन । ए डिभिजनदेखि मोफसलमा हुने नकआउट फुटबल प्रतियोगितामा यी दुई टिम भिड्दा रोमाञ्चकता थपिन्छ ।
यसअघि आहा गोल्डकपको दोस्रो र तेस्रो संस्करणको फाइनलमा दुई टिमको भेट भएको थियो । दुवै टिमले आहा रारा गोल्डकपको उपाधि ५–५ पटक उचालेका छन् । त, आहा रारामा ‘हेड टु हेड’मा मनाङ अगाडि छ । आहामा मनाङले फाइनलमा दईपटक पुलिसलाई हराउँदा पुलिस उपविजेतामा सीमित भएको इतिहास छ । शनिबार मैदान उत्रँदा पुलिस १५ वर्षअघिको बदला लिँदै किर्तिमानी उपाधि रच्ने दाउमा छ भने मनाङ आफ्नो जितलाई निरन्तरता दिने सोचमा छ । क्याराभान गोल्डकपको फाइनलमा पनि मनाङ र पुलिस नै भिडेका थिए । जसमा पुलिस विजेता बनेको थियो ।
सहारा क्लब पोखराले २०५८ सालमा क्याराभान गोल्डकपबाट सुरु ग¥यो भने २०५९ सालदेखि आहा गोल्डकपको नाममा प्रतियोगिता संचालन गर्दै आएको छ । आहा गोल्डकपमा मनाङ, पुलिस र थ्रिस्टार ५–५ पटकको विजेता टिम हुन् । पुलिस थ्रिस्टारलाई हराउँदै फाइनल प्रवेश गरेको हो भने मनाङ आर्मीलाई हराउँदै फाइनल प्रवेश गरेको हो ।
त्यही टिम, त्यही रंगशाला । १५ वर्ष अघि र अहिलेको अवस्था भने फेरिएको छ । दुबै टोलीमा युवा खेलाडी नयाँ जोश र उत्साह छ भने मोफसलमा पनि दुवै टोलीको उतिकै रवाफ पनि छ । त्यति मात्र होइन, रंगशालाको स्वरुप पनि १५ वर्षपछि पूरै फेरिएको छ । १५ वर्षपछिको भेटमा दुबै टिममा खेलाडी मात्र नयाँ छैनन् ,पोखरा फुटबल मैदानले पनि स्वरुप फेरेको छ । आहा रारा गोल्डकपले १५ वर्ष पछि नयाँ बनेको रंगशालामा नै फुटबल खेलाउँदै छ । पुनर्निर्माण भएको रंगशालामा उही टिमले प्रतिस्पर्धा गर्दा आहा गोल्डकपलाई सुरुवाती क्षण याद दिलाउने छ । पोखरामा मनाङको समर्थकको संख्या ठूलो छ ।
नेपाल पुलिसका कप्तान भरत शाहले उपाधी उचाल्नको लागि टिम तयार रहेको बताए । उनले खेलाडी हौसिएको बताए । उता, मनाङका कप्तान कमल श्रेष्ठले भने फाइनल पुगेकै कारण खेलाडी उपाधी उचाल्नको लागि शारिरीक रुपमै बलियो रहेको बताए ।
पुलिस मनाङलाई हराउन मात्र चाहँदैन, आफ्नो लोकप्रियता बढाउन समेत चाहन्छ । ‘जित्नकै लागि खेल्ने हो, उपाधि जित्छौँ’, नेपाल पुलिसका प्रशिक्षक अनन्त थापा र मनाङ मस्र्याङ्दीका प्रशिक्षक टोपे फुजाको दावी थियो । प्रशिक्षक दुवैले विपक्षीको रणनीति अनुसार खेल खेल्ने स्पष्ट पारे । ‘विपक्षीको रणनीतिलाई चिर्ने गरी योजना तय गर्छौँ’,प्रशिक्षकद्वयको एउटै भनाई थियो । फाईनल खेल्नुअघिको पत्रकार भेटघाटमा उनीहरुले उपाधि उचालेर किर्तिमान रच्ने लक्ष्य रहेको सुनाए । ‘गेम निकै भाइटल हुन्छ । टफ गेम हुन्छ । त्यही अनुसारको रणनीति तय गर्छौँ’, उनीहरुको भनाई थियो ।
आहा राराको विजेताले १० लाख १ हजार रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेताले भने ५ लाख १ हजार रुपैयाँ । त्यसैगरी सर्वोत्कृष्ट खेलाडीलाई अप्रिला स्कुटर प्रदान गरिने छ । प्रत्येक खेलको म्यान अफ दि म्याचलाई ५ हजार रुपैयाँ प्रदान गरिएको छ । बेष्ट फाइभले नगद १५ हजार रुपैयाँ पाउनेछन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

© 2020 Dhorpatan News All right reserved Site By : SobizTrend Technology