`

सुमन श्रापित एकल साँझमा ‘जब सुमन रोेए ’

  • बागलुङको तित्याङमा जन्मिाएका सुमन दुइ दशक देखि गित सँगितका क्षेत्रमा सक्रिय छन् ।
  • पोखरा,१ चैत – मँच  झिलिमिलि छ । गितकार सुमन श्रापितको गलाभरि माला र खादाले भरिएको छ । अगाडि दर्शकहरु छन् । लाइटले अनुहार पुरै उज्यालो बनाइदिएको छ । उनलाइ अगािडका दर्शकलाइ पुरै देख्न पनि अप्ठ्यारो भएको छ । आडैमा हार्मोनियम लिएर साँगितक कार्यक्रमको मेलो अघि बढाइ राखेका उनका सबै भन्दा प्रिय सँगितकार गायक विवि अनुरागी छन् । जब सुमन श्रापित आफ्नो जीवनको कठिन अवस्थामा फर्किए त्यी यादहरु अाँसु बनेर आखाको बाटो हुदै गाला सम्म पुगे ।
    “जब मनमा गित सँगितमा लाग्ने चाहना आयो, प्रसस्त पैसा अभावमा आफ्ना छोराले जम्मा गरेको घैटो फोरेर एल्बम निकाले । ” यो बाक्य निकाल्दै गर्दा उनका आँखा झरिला भए । उनको एकल साँझ हेर्न आएकी उनकी वृद्धा आमा सहित परिवार सहित दर्शक पनि भावुक बनेका थियो ।

    गितकार सुमन श्रापितको एकल साँझ हिजो पोखरामा सम्पन्न भएको छ । उनले रचना गरेका र विभिन्न गायक गायिकाले स्वर भरेका १७ वटा सिर्जना मार्फत सुमन पोखराको उ्रद्योग बाणिज्य हलमा सुनिए । उक्त कार्यक्रममा प्रमुख अतिथी रहेका बरिष्ठ गितकार काली प्र्र्र्रसाद रिजाल पनि सुमनका सिर्जनामा झुमे । उनी सुमनले सिर्जना गरेको निशानी चलचित्रमा समाहित अच्छा लिकिन क्या बातमा नाच्ने प्रयास पनि गरे । गितकार रिजाले भने ‘सुमनको लेखनले सिँगो देश बोकेको पाए । गितको मुख्य मुटु गित हो अनि त्यी गितका मुटुका सिर्जना गर्ने गितकार हुन् । ’ गितकार रिजालको प्रतिक्रिया थियो ।

    एकल साँझ सप्तरँगित प्रतिष्ठान नेपाल पोखराले सँयोजन गरेको उ्रक्त एकल साँझमा बरिष्ठ सँगितकार तथा गायक विवि अनुरागी, गायक अर्जुन स’नाम,गायिका सुनिता दुलाल,इन्दु बानिया,स्मृति शाहि,जीवन परियार, तुल्सा क्षेत्री, कल्पना गौतम, सुचना गैरे, रुपेश भण्डारी,योगेश गौतम लगायतले सुमनको सिर्जनाका गितहरु प्रस्तुत गरेका थिए ।

    जन्म गाउ बागलुङ तित्याङ हो गुन्गुनाउदै सुमनले साँझको सुरुवात गरे । सँगै विवि अनुरागीले कसैले गल्ति नगरौ देश बनाउने विषयमा देशभक्ति भावको गित प्र्रस्तुत गरे । साँझमा, गजल,झ्याउरे देखि चलचित्रका गितहरु पनि गुन्जिए ।

    बागलुङमा जन्मि पोखरालाइ कर्मथलो बना्एका सुमनले सातवटा एकल एल्बम, विभिन्न चलचित्र, आधुनिक ,लोक गितका पाच दर्जन बढि सिर्जना बजारमा आइ सकेका छन् । उनको पहिलो गित पुर्णिमाको रात लोकगित हो ।

    उनले गतबर्ष सुमनले गितकार सघल प्रदान गर्ने बर्ष गित पुरोस्कार ,पुर्व रास्ट्रपति रामवरण यादवको बाहुली बात भावनाको खेतीका लागि रु ५१ हजार बराबरको पुरोस्कार लगातका पुरोस्कार प्राप्त गरिसकेका छन् । कार्यक्रम सम्पन्न भएपछि उनले भने “यो ्एकल साँझ मेरो जिवनकै एउटा महत्वपुर्र्ण उपलब्धि हो । यसले आज सम्मको योगदानको कदर गरेको छ। ”

    प्रतिक्रिया दिनुहस

    सम्बन्धित समाचार

    © 2020 Dhorpatan News All right reserved Site By : SobizTrend Technology