`

‘म रोएको सुन्छ्यौ हौला र’ ?

पोखरा,१ चैत – लोक तथा दोहोरी गीत क्षेत्रमा खेम सेन्चुरी एक बहुप्रतिभा भएका सर्जकका रुपमा स्थापित नाम हो । गायन, शब्द लेखन, संगीत र नृत्य यी सबै बिधामा उत्कृष्ट मानिएका सेन्चुरी अहिले निकै व्यस्त मानिन्छन् ।उनको आवाज, श्रृजनामा अहिले लगातार जसो गीतहरु बजारमा आईरहेकाछ जस्लाई दर्शक स्रोताले अत्यधीक रुचाएकापनी छन् । उनै गायक सेन्चुरीको आवाजमा लोक गीत ‘म रोएको सुन्छ्यौ हौला र ? भर्खरमात्रै सार्वजनिक भएको छ ।गणेश केसीको शब्द तथा स्वयं गायक सेन्चुरीको सङ्गीत रहेको उक्त गीतमा जीवन साथी गुमाएपछिको दुखद कथालाई समेटिएको छ । मात्रै दुई श्रीमानश्रीमती भएको एउटा सानो खुसी परिवारमा सन्तानको आगमन हुदैछ भन्ने खबरपछी छाएको खुसिमा बाँचेका जोडि गीतमा बिछोडिएका छन् ।

सन्तानको आगमनको सपना बुनेर बसेकोलाई एकाएक श्रीमती र संसार देख्न नपाउँदैको सन्तानले छोडेर जादा एक्लो प्राणिमा दुखको पहाड बर्सिन्छ यहि कथालाई ईश्वरबाबू र जुना गुरुङले अभिनयमार्फत उतारेका छन् ।

 

गीतमा श्रीमतीको मृत्युपछि भुल्न नसकेर उनैको यादमा पागल बनेको त्यो दृश्य निकै पिडादयी बनेको छ । गीत बजारमा आउनुअगाडिनै टिकटकमा निकै रुचईएको छ र सबैले पर्खिएको गीतपनि हो ।

गीतलाई कपिल लामाले निर्देशन गरेका छन् भने संगीत संयोजन बिनोद बाजुरालीको रहेको छ । गीत गणेश केसीको अफिसियल युट्युवमार्फत सार्वजनिक गरिएको हो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

© 2020 Dhorpatan News All right reserved Site By : SobizTrend Technology