`

पुलिसलाई हराउँदै मनाङको आहामा किर्तिमानी उपाधी

पोखरा १ चैत्र – पोखरामा जारी १८ औ संस्करणको आहा रारा कपको उपाधी चुमेसंगै मनाङले किर्तिमानी उपाधी चुम्ने टिममा आफ्नो नाम दर्ता गरेको छ । १५ वर्ष पछि फाइनलमा भेट भएको नेपाल पुलिस क्लबलाई तेस्रो पटक समेत फाइनलमा हराउदै ६ पटकको विजेता बन्दै किर्तिमानी कायम गरेको हो । पुलिस पनि ५ पटकको विजेता हो । २०५८ सालमा भएको क्याराभान गोल्डकपलाई समेत जोड्ने हो भने मनाङ र पुलिस ६–६ पटकको विजेता टिम हो ।
शनिवार पोखरा रंगशाला निमार्णधीन फुटबल मैदानमा भएको निकै रोमाञ्चक फाइनल खेलमा पुलिसलाई टाइब्रेकरमा ४–३ गोलले हराउँदै किर्तिमानी उपाधी चुमेको हो । निर्धा्रित ९० मिनेट र थप गरिएको ३० मिनेटको समय गोलरहित बराबरीमा रोकिएपछी खेल टाइब्रेकरमा धकेलिएको हो । भने उपविजेतामा सिमित नेपाल पुलिसको किर्तिमानीमा भने मनाङ बाधक बनेको हो । पुलिसले १५ वर्ष अघि दुई पटकको हारको बदला लिने अवसर गुमायो यति मात्र होइन पुलिस आहा रारामा किर्तिमानी च्याम्पीयन बन्नबाट समेत स्तब्ध भएको छ । आहा गोल्डकपको दोस्रो र तेस्रो संस्करणमा मनाङले पुलिसलाई फाइनलमा हराउँदै उपाधी चुमेको थियो ।
मनाङले जित संगै १० लाख १ हजार रुपैयाँ प्राप्त गरेको छ भने उपविजेतामा सिमित पुलिसले ५ लाख १ हजार रुपैयाँ चित्त बुझाएको छ । मनाङको जितमा गोलरक्षक अशोक बराल नायक बने । टाइबे्रकरमा पुगेको खेलमा उनले पुलिसको दुई प्रहारलाई रोक्दै टिमलाई किर्तिमानी विजेता बन्न योगदान पुर्याए । मनाङको जितमा अन्जन विष्ट, पुजन उपरकोटी, सुरज बिक र रन्जन विष्टले गोल गरे भने निशान लिम्बुको प्रहार पुलिसका गोलरक्षक रोशन खड्काले बचाउ गरे । पुलिसको तेज तामाङ र अजित भण्डारीको प्रहारले जाली चुम्न नसक्दा हार व्यहोरेको हो । दुबैको पेनाल्टी मनाङका गोलरक्षक अशोक बरालले बचाउ गर्दा पुलिस जितबाट चुकेको हो । पुलिसको लागी भोला शिलवाल, हेम तामाङ र बुद्धबल तामाङले गोल गरे ।
मनाङले आहा गोल्डकपको दोस्रो, तेस्रो,दशौँ, चौधौँ, पन्र्धौ संस्करणको विजेता टिम हो भने पुलिस पहिलो, छैटौँ, सातौँ, आठौँ र १६ औँ संस्करणको विजेता टिम हो । भने क्याराभान गोल्डकपको समेत विजेता हुदाँ मनाङ उपविजेता टिम हो । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी पुलिसका अजित भण्डारी घोषित हुदैँ अप्रिला स्कुटर प्राप्त गरे ।प्रतियोगिताको उत्कृट गोलरक्षक मनाङका गोलरक्षक अशोक बराल , उत्कृष्ट डिफेन्डर सुरज विक ,उत्कृष्ट मिडफिल्ड मनाङका नितिन थापा, उत्कृष्ट फरवार्ड मनाङका अन्जन विष्ट , उत्कृष्ट प्रशिक्षक मनाङकै फुजा टोपे घोषित हुदै नगद १५–१५ हजार रुपैयाँ प्राप्त गरे ।
उच्च गोलकर्ता थ्री स्टारका सुशान श्रेष्ठ, सहाराका त्रीदेव गुरुङ, मनाङका अन्जन विष्ट, पुलिसका भरत शाह र निरकुमार राइ घोषित हुदै नगद ५–५ हजार रुपैयाँ प्राप्त गरे । प्रतियोगिताको अनुशासित टिम भने रुस्लान थ्रिस्टार घोषित भयो । खेलको म्यान अफ दी म्याच मनाङका गोलरक्षक अशोक बराल घोषित भए ।
अत्यन्तै प्रतिस्पर्धात्मक खेलको खेलको ९ औ मिनेटमा पुलिसका निर कुमार राइको लामो प्रहार बाहिरियो । त्यस्तै खेलको १९ औ मिनेटमा मनाङका बिमल रानाले गरेको हेडलाइ पुलिसका डिफेन्सले जोगाए । खेलको ३८ औ मिनेटमा मनाङका अन्जन विष्टको पासमा विमलले बल टच नगर्दा सुनौलो अवसर गुमाएको हो । खेलको ४३ औ मिनेटमा विमलको ब्याक फ्लिक ( बाइसीगोल प्रहार) मा पुलिसका अजित भण्डारीले बचाउ गर्दै पुलिसका लागी संकट टारे । मनाङका कप्तान कमल श्रेष्ठको फ्रीकिक प्रहारमा पुलिसका गोलरक्षक रोशन खड्गाले पन्च गर्न खोज्ने क्रममा भिडल लुइसले दिएको हेडपासमा विमलले ब्याक फ्लिक गर्दा भण्डारी बाधक भने ।
खेलको ४९ औ मिनेटमा निरकुमार राइको उत्कृष्ट प्रहारलाइ मनाङका गोलरक्षक अशोक बरालले बचाउ गरे । उनले भरत शाहको पासमा ग्राससट प्रहार गरेका थिए । खेलको ९९ औ मिनेटमा मनाङका अन्जन विष्टको उत्कृष्ट लामो प्रहार फस्टबार नजिकै बाट बाहिरियो । खेलको ९२ औ मिनेटमा पुलिसका निरकुमारले पाएको अवसरको सदुपयोग गर्न सकेनन् । रवि पासवानको पासमा उनले गोल गर्ने अवसर पाए पनि गोल गर्न सकेनन् । खेलको ११२ औ मिनेटमा नितिनले दिएको पासमा विमलले फिनिसिङ गर्न सकेनन् । त्यस्तै खेलको ११३ औ मिनेटमा मनाङका नितिनले गरेको प्रहार बाहिरीयो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

© 2020 Dhorpatan News All right reserved Site By : SobizTrend Technology