`

लुम्ले केन्द्रबिन्दु बनाएर ५ रेक्टरको भूकम्प

बागलुङ, २ चैत – आईतवार साँझ गण्डकी प्रदेशका बिभिन्न जिल्लामा भूकम्पको ठुलो धक्का महशुस गरिएको छ । कास्कीको लुम्लेलाई केन्द्र बिन्दु बनाएर राती ८ः४५ बजे ५ रेक्टर स्केलको भुकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ । बागलुङ, पर्वत कास्की र छिमेकी जिल्लाहरुमा भुकम्पको धक्का महशुस भएको छ । रातीको समयमा भुकम्पको धक्का महशुस हुँदा घरभित्र भएका सर्वसाधारण बाहिर सडकमा निस्किएका थिए । यस बिषयमा थप बिबरण आउन बाँकी छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

© 2020 Dhorpatan News All right reserved Site By : SobizTrend Technology