`

ओलम्पिक कमिटी अब संघीय संरचनामा

पोखरा,५ चैत – नेपाल ओलम्पिक कमिटी अब संघीय संरचनामा जाने भएको छ । पोखरामा मंगलबार सम्पन्न बैठकले ओलम्पिक कमिटीलाई संघीय संरचनामा लैजाने निर्णय गरेको हो । बैठकले संघीय संरचनामा जाने निर्णयसँगै प्रदेश संयोजक पनि तोकेको छ । ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठका अनुसार प्रदेश नम्बर १ को संयोजकमा पिताम्बर तिमिल्सिना रहेका छन् भने प्रदेश नम्बर २ मा अशोकरत्न बज्राचार्य संयोजक तोकिएका छन् । यसैगरि बागमतीमा सुनिलबहादुर श्रेष्ठ, गण्डकीमा तेजबहादुर गुरुङ,प्रदेश नम्बर ५ मा तुलसी थापा,कर्णालीमा दीपकहर्ष बज्राचार्य र सूदुरपश्चिममा रतन टण्डनलाई संयोजकको जिम्मेवारी दिइएको छ ।
बैठकपछि ओलम्पिक कमिटीका महासचिव निलेन्द्रराज श्रेष्ठद्धारा जारी विज्ञप्तिमा विभिन्न कमिसनहरु पनि गठन गरिएको छ ।
उनका अनुसार महिला तथा खेलकुद संयोजकमा ज्योती राणा,संस्कृति संयोजक रामजी श्रेष्ठ ,मार्केटिङ संयोजक गोपाल कक्षपती सदस्य तासी घले, प्रकाश समसेर राणा स्पोर्ट्स फर अल संयोजक विष्णु गोपाल श्रेष्ठ ,मेडिकल संयोजकमा डा सरोज कृष्ण श्रेष्ठ , स्पोर्ट्स मनोबिज्ञान संयोजक ईन्द्र गुरुङ, शान्ती द्वारा खेल संयोजक रमेश महर्जन, स्पोर्ट्स तथा वातावरण संयोजक गोवर्धन श्रेष्ठ र सुचना संयोजक मोहन नेपाललाई चयन गरेको हो । एथलेटिक कमिशन र ओलम्पिक एसोसिएसन कमिटी भने चुनावको माध्यमबाट ३ महिना भित्र गठन गर्ने निर्णय गरेको गरेको उनले बताए । बैठकले पूर्व अध्यक्ष राणासहित, ध्रुवबहादुर प्रधानलाई मानार्थ अध्यक्षमा मनोनयन गरेको छ ।
बैठकले पोखरामा एसियाली चिल्ड्रेन गेम्स २०२० आयोजना गर्न संघीय सरकार र गण्डकी प्रदेश सरकारसँग आग्रह गर्ने निर्णय गरेको छ ।
सबैलाई कोट
ओलम्पिक कमिटीको पोखरा बैठकमा सहभागिहरुलाई पोशाक पनि दिइएको छ । ओलम्पिक कमिटीले आफ्नै खर्चमा बैठकमा सहभागिहरुलाई कोट दिएको हो । कोट दिइएपनि लगाउन भने कोही नआएको महासचिव श्रेठले बताए । बैठकमा सबै सदस्यहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

© 2020 Dhorpatan News All right reserved Site By : SobizTrend Technology