`

भान्साको डाक्टर

हामीले भान्सामा प्रयोग गर्ने बिभिन्न खानेकुरालाई नियमित र मात्रा मिलाएर खाने हो भने शरीरमा रोगसंग लड्ने वृद्वि (रोगप्रतिरोधक क्षमता) गर्ने बिभिन्न औषधी खोज्न कतै जानै पर्दैन । रोग प्रतिरोधक क्षमता बढाउने भन्नेबित्तिकै भिटामिन सप्लिमेन्टसेवनतिर धेरैको ध्यान जान्छ । तर, आफ्नै वरपर रहेका सर्वसुलभ कुरालाई भने बिर्सन्छौं । यदि ती कुराहरुको मात्रै प्रयोग गर्न सकियो भने रोग प्रतिरोधक क्षमतामा बृद्धि गर्न धेरै सोचिरहनै पर्दैन । भान्सामा प्रयोग गर्न सकिने केही महत्वपुर्ण सब्जी, फलफुल तथा खानालाई वर्णन गर्ने कोशिस गरेको छु । जस्को नियमित प्रयोगले रोग प्रतिरोधक क्षमता बढाई कोरोना जस्तो महामारीबाट पनि जोगिन सकिन्छ ।
बदाम
दैनिक १० देखि १५ वटा बदाम भिजाएर खानाले शरीरको रोग प्रतिरोधक क्षमता बढ्नुका साथै मस्तिष्कलाई तनावसित लड्न शक्तिसमेत प्राप्त हुन्छ । यसबाट प्राप्त हुने भिटामिन ‘ई’ले शरीरमैं रहेका नेचुरल किलर सेल्स बढाउन मद्दत गर्छ । विषाणु र क्यान्सरयुक्त कोशिकालाई नष्ट गर्न सघाउँछ । बदामले शरीरमा बी टाइपको कोशिकाको संख्या बढाउने काम गर्छ । यी कोशिकाले एन्टिबडिज निर्माण गर्छन्, जसले शरीरमा भएका हानिकारक ब्याक्टेरियालाई नष्ट गर्न सहायता गर्छ । बदाममा पाइने भिटामिन ‘ई’ले छालालाई स्वस्थ बनाउनुका साथै रिंकल समेत बस्नदिँदैन ।
सुन्तला
सुन्तला, कागती, अनार, कटहर आदि फलमा भिटामिन ‘सी’ पर्याप्त मात्रामा पाइन्छ । यसले हरेक रोगसँग लड्ने श्वेत रक्तकोशिका निर्माण गर्न मद्दत गर्छ । यस्ता फलको सेवनबाट बन्ने एन्टिबडिज कोशिकाको सतहमा एक प्रकारको आवरण बनाउँछ, जसले शरीरभित्र भाइरस पस्न दिँदैन । त्यसैगरी कोलेस्ट्रोल बढाउँछ र ब्लडप्रेसरलाई पनि नियन्त्रणमा राख्छ । यसले हृदयको धमनीमा बोसो जम्ने प्रक्रियालाई कम गर्छ । यी फलमा पाइने नेचुरल केमिकल कम्पाउन्डले शरीरको रोग प्रतिरोधक क्षमतालाई समेत सक्रिय बनाउँछ ।
लसुन
लसुनले धेरै मात्रामा एन्टी अक्सिडेन्ट बनाएर मानव शरीरको इम्युन सिस्टमलाई बिरामसित लड्ने शक्ति प्रदान गर्छ । यसमा सलिसिन नामक तत्व पाइन्छ, जसले शरीरलाई इन्फेक्सन र ब्याक्टेरियासित लड्ने शक्ति प्रदान गर्छ । प्रतिदिन भोजनमा लसुनको प्रयोग गर्नाले पेटको अल्सर र क्यान्सरबाट जोगिन सकिन्छ । दैनिक लसुन सेवन गर्नाले ब्लडप्रेसरलाई नियन्त्रणमा राख्न सहयोग पुग्छ र यसबाट लामो समयसम्म शरीरको इम्युन सिस्टम पनि बलियो रहन्छ ।
पालुंगो
पौष्टिक तत्वले परिपूर्ण यो तरकारीलाई सुपरफुड पनि भनिन्छ । यसमा फोलेट नामक तत्व पाइन्छ । जसले शरीरमा नयाँ कोशिका बनाउनुका साथै ती कोशिकामा रहेका डिएनएको मर्मत गर्ने काम पनि गर्छ साथै यसमा भएको फाइबर आइरन, एन्टी अक्सिडेन्ट तत्व रभिटामिन सीले शरीरलाई हरेक तबरबाट स्वस्थ राख्छ । उमालेको पालुंगो सेवन गर्नाले पाचन प्रणालीले सही ढंगमा काम गर्छ र कब्जियतको समस्या पनि कम भएर जान्छ ।
मसरुम
शरीरको रोग प्रतिरोधक क्षमता बढाउन मसरुम अत्यन्त लाभदायक हुन्छ । यसले श्वेत रक्त कोशिकालाई सक्रिय बनाएँछ । यसमा सेलेनियम नामक मिनरल, एन्टी अक्सिडेन्ट तत्व भिटामिन सी, रिबोफलेविन तथा नाइसिन नामक तत्व पाइन्छ । मसरुममा एन्टी भायरल, एन्टी ब्याक्टेरियल तथा एन्टी ट्युमर तत्व हुन्छ । प्रतिदिन ३० ग्राम मसरुम सेवन गर्नसके इम्युन सिस्टम बलियोरहन्छ । सलाद, सुप र पास्तासित यसको राम्रो प्रयोग हुन सक्छ ।
ब्रोकाउली
ब्रोकाउलीमा भिटामिन के, ए र सीबाहेक ग्लुटाथियोन नामक एन्टी अक्सिडेन्ट, खनिज, म्याग्नेसियम, आईरन जस्ता तत्व पाइन्छ । यसले इम्युन सिस्टमलाई बलियो बनाउँछ । स्टिम गरेर यसलाई सलादका रुपमा सेवन गर्दा शरीरलाई पर्याप्त मात्रामा प्रोटिन तथा क्याल्सियम प्राप्त हुन्छ ।
स्मरण शक्ति बढाउने खाना
पोषिलो र ताजा चीज हाम्रो शरीरको लागि मात्रै होइन, दिमागका लागि पनि आवश्यक पर्दछ । मुटु, फोक्सो तथा अन्य अंगजस्तै हाम्रो मष्तिस्कलाई पनि पोषण नभई हुँदैन । त्यसो भने कुन चीजरखानाले हाम्रो दिमागलाई तेज बनाउँछ त ? –माछा वा माछाको तेल ः शरीरलाई अत्यावश्यक हुने चिल्लो एसिड हाम्रो शरीरमा उत्पादन हुँदैन । ओमेगा ३ पनि भनिने यो एसिड प्राप्त गर्न पोषिलो खानेकुरा नै खानुपर्दछ । ओमेगा ३ को सबैभन्दा राम्रो श्रोत भनेको माछा हो । माछामा पाइने ओमेगालाई ईपिए र डिएचए भन्ने गरिन्छ । यसबाहेक सोयाविन तेल, ओखरको तेल, आलसको तेल तथा फर्सीको बियाँमा पनि ओमेगा रहेको हुन्छ । यी चीजले दिमागलाई तेज बनाउनुका साथै भुल्ने रोग पनि लाग्न दिदैनन् । –जामून ः जामुन खाने हो भने दिमाग निकै तेजिलो हुने कुरा अमेरिकाको टुप्स विश्वविद्यालयले गरेको एक अध्ययनले पुष्टि गरेको छ । विशेषगरी स्मरणशक्ति वा भुल्ने बानी भएका मानिसको मस्तिष्कलाई जामूनले तेज बनाउँछ । यसमा भएको एन्टिअक्सिडेन्टलाई मानसिक स्वास्थ्य तथा मस्तिष्क विकासमा निकै ठूलो भूमिका खेल्दछ । –गोलभेडा ः कुनै पनि एन्टिअक्सिडेन्टले शरीरका कोषलाई क्षति हुन वा मर्न दिदैन । गोलभेडामा पनि एउटा निकै उपयोगी एन्टिअक्सिडेन्ट पाइन्छ जसलाई ‘लिसोपिन’ भनिन्छ । यदि हामीले नियमित रुपमा गोलभेडा खाने होभने यो तत्व रगत हुदै मस्तिष्कमा जान्छ । हामी सबैलाई थाहा नै छ, मानव मस्तिष्कमा लाखौं कोष हुन्छन् भनेर । यदि ती कोषमा कुनै खराबी आयो भने स्मरणशक्ति कम रोग हुने वा अल्जेमेयर लाग्दछ । तर गोलभेडा खाने मानिसमा यो संभावना कम हुन्छ । साथै लिसोपिनले दिमागलाई फूर्तिलो बनाइराख्न पनि मद्दत गर्दछ ।
भिटामिन ‘बि ६’, ‘बि १२’ तथा फोलिक एसिड भएका खाद्यपदार्थ
भिटामिन ‘बि ६’, ‘बि १२’ तथा फोलिक एसिडले रगतमा होमोसिस्टिन नामको तत्वलाई कम गर्ने चिकित्सकको भनाई रहेको छ । हाम्रो शरीरमा यो तत्व बढी भएमा ह्रदयघात, मस्तिष्कघात तथा अल्जेमेयेर हुने संभावना पनि बढ्दछ । तर यदि हाम्रो शरीरले पर्याप्त मात्रामा भिटामिन ‘बि ६’, ‘बि १२’, तथा फोलिक एडिस प्राप्त गर्यो भने भने यो तत्व कम हुन्छ । जसले गर्दा ह्रदयघात तथा मस्तिष्कघात जोखिम कम हुनाका साथै स्मरणशक्ति पनि वृद्धि हुन्छ । यसकारण यी भिटामिन ‘बि ६’ र भिटामिन ‘बि १२ पाइने चीजहरु जस्तैः भटमास, अण्डा, मासु तथा माछा र फोलिक एसिड पाइने चीजहरु जस्तैः हरियो सागपात, सुन्तला, एभोकाडो तथा गँहु खानु आवश्यक हुन्छ ।

गेडागुडी तथा अन्न
शरीरका अन्य अंगलाई झैं मस्तिष्कलाई पनि शक्ति चाहिन्छ । उचित मात्रामा शक्ति प्राप्त भएको अवस्थामा ध्यानलाई केन्द्रित गर्ने वा एकाग्र हुने क्षमता पनि धेरै हुने गर्दछ । यदि हामीले इनर्जी दिने खाने कुराहरु जस्तैः भात, रोटी, आलु, गेडागुडी, मकै जस्ता अन्न खाने हो भने रगतमा पर्याप्त मात्रामा ग्लुकोज हुन्छ । त्यो ग्लुकोज रगतहुँदै हाम्रो मस्तिष्कमा जान्छ र ध्यान केन्द्रित गर्न आवश्यक शक्ति मस्तिष्कले प्राप्त गर्दछ । फलस्वरुपः मानसिक रुपमा हामी निकै बलियो हुन्छौं ।
चुत्रो वा कालो ऐंसेलु
कालो ऐंसेलुमा प्रशस्त मात्रामा भिटामिन ‘सि’ पाइन्छ । भिटामिन ‘सि’ले मानसिक फूर्ति तथा क्षमता बढाउँछ । त्यसैले चुत्रो तथा कालोऐंसेलु खानु मस्तिष्कका लागि निकै लाभदायक मानिन्छ ।
फर्सिको बियाँ
फर्सिको बियाँ खाएर पनि कहीं दिमाग बढ्छ भनेर हाँस्नुभयो होला होइन ? तर वास्तवमा भन्ने हो भने फर्सिका बियाँलाई निकै पोषिलो चीज हो । यसको कारण के हो भन्दा विचार गर्ने वा सोच्ने शक्ति विकास हुन र स्मरणशक्ति बढाउन जिङ्क नभई हुँदैन । अनि फर्सिका बियाँमा जिङ्क अत्याधिक हुन्छ । त्यसैले आफ्नो दिमागलाई तेज बनाउने हो भने फर्सिका बियाँ नफाल्नुहोस, बरु खानुहोस् ।
दही
दहीमा क्याल्सियम, पोटासियम र म्याग्नेसियमका साथै प्रोबायोटिक्स ९ रोगसँग लड्ने क्षमता बढाउने ब्याक्टेरिया पनि पाइन्छ । यी प्रोबायोटिक्स हाम्रो दिमागका लागि पनि आवश्यक पर्दछन् । विशेषगरी दिमागलाई सक्रिय बनाइराख्न र दिमागमा भएका अनावश्यक किटाणुलाई निकाल्न यस्ता ब्याक्टेरिया आवश्यक पर्दछ । यसका साथै दही सेवनले डिप्रेशन तथा मानसिक तनाव पनि कम हुन्छ । तर दही धेरै खानु भने हुँदैन ।
ओखर
स्मरणशक्ति घटिरहेको छभने यसको एउटा कारण भिटामिन ‘ई’ कम भएर हो भनेर बुझ्नुपर्दछ । बुढेसकाल लागेपछि स्मरणशक्ति कम हुन्छ । तर स्मरणशक्तिलाई बढाउन भिटामिन ‘ई’ पाइने चीज पर्याप्त मात्रामा खाने हो भने स्मरण शक्ति बढाउँन सकिन्छ । यसका लागि ओखर खानु उपयुक्त मानिन्छ किनभने ओखरमा प्रशस्त मात्रामा भिटामिन पाइन्छ । कुरिलो, हरियो सागपात, अण्डामा पनि भिटामिन ‘ई’ रहेको हुन्छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

© 2020 Dhorpatan News All right reserved Site By : SobizTrend Technology