`

बागलुङ उधोग बाणिज्य संघको आग्रह : घरभाडा मिनहा गर्नुस !

बागलुङ, १० चैत – कोरोना भाइरसका कारण विश्वभर आइरहेको महामारीको अवस्थामा व्यापार व्यवसाय बन्द गर्नुपर्ने भएकाले बन्दअवधिभरको घरभाडा मिनाहा गर्न बागलुङ उद्योग बाणिज्य संघले घरधनीहरुलाई आग्रह गरेको छ । विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाईरस (कोभीड–१९) को असरका कारण व्यापार व्यवसायमा हुनसक्ने गिरावटलाई मध्यनजर गर्दै घरभाडा मिनाहा गर्न आग्रह गरिएको महासचिव नरेश कँडेलले जानकारी दिए । सोमबार बिहान बसेको संघको बैठकले बागलुङ बजारमा रहेका घरधनीहरुलाई व्यापार व्यवसाय बन्द गर्नुपर्ने अवस्थामा सो अबधिको घरभाडा मिनाहा गर्न आग्रह गरेको हो ।
त्यस्तै, संघले बैंक तथा बित्तिय संस्थाहरुलाई व्यवसायीले लिएको ऋणमा लाग्ने व्याजदरमा बिचार गर्न भनेको छ । संकटको समयमा आवश्यक पर्ने उपभोग्य बस्तुको आपुर्तिमा कमिहुन नदिन बैठकले व्यवसायीहरुलाई आग्रह गरेको छ । अत्यावश्यक बस्तु तथा सेवा बाहेकका सबै पसलहरु बन्द गर्ने निर्णय समेत बैठकले गरेको महासचिव कँडेलले जानकारी दिए । माक्स, सरसफाईका सामानहरु र अत्यावश्यक सामानहरु बिक्रि वितरण गर्ने व्यवसायीहरुले स्पष्ट रुपमा देखिने गरी सम्पर्क नम्बर सहितको सूचना आफ्नो व्यवसाय रहेको स्थानमा राख्नुपर्ने निर्णय गरेको अध्यक्ष युवराज राजभण्डारीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

© 2020 Dhorpatan News All right reserved Site By : SobizTrend Technology