`

सचेत बन्ने संकटमै हो

सचेत बन्ने कुरा सरकारले भन्नुपर्ने वा कानुनी उपचार गराउनुपर्ने विषय होईन्, यो त विश्वव्यापी संकटको समयमा नागरिक आँफैले पनि जान्ने कुरा हो ।

यतिबेला हाम्रो देश नेपाल कोरोना भाइरसका कारण जोखिम मोडमा पुगेको अवस्था छ । कोरोना भाइरसको जोखिम बढेपछि देशनै लकडाउन गरिएको छ । पछिल्लो समयमा विश्वभर कोरोनाको प्रकोप फैलिरहेको छभने विद्यालय, विश्वविद्यालय, यातायात, व्यवसाय बन्द छन्भने देशका विभिन्न नाकाहरुमा बाक्लो उपस्थितिमा स्वास्थ्यकर्मी र सुरक्षाकर्मी तैनाथ गरेको अवस्था छ । छिमेकी देश चिनमा कोरोना भाइरसको संक्रमण देखिएपछि यो भाइरस विश्वभर नै फैलिसकेको छ । वास्तवमा कोरोना भाइरस कस्तो किसिमको रोग हो, कसरी हाल विश्वभर महामारीको रुपमा फैलिरहेकोे छ भन्नेबारे पछिल्लो परिस्थितिमा आम जनताको चासोको विषय भएको छभने बारम्बार मिडियाले पनि सचेतना अपनाउन सन्देश दिइरहेका छन् । र, अर्काेतिर सञ्चारमाध्यम नै कोरोना भाइरस बनेको अवस्था छ । हामी दिनानुदिन समाचार सुनिरहन्छौ, फेसबुक इन्टरनेट माध्यमबाट यसको बारेमा जानकारी लिइराखेका छौ, कसरी यो रोग हाम्रो परिवार, समाज तथा देशमा नफैलिओस् भन्ने धारणाले हामीले सक्दो सचेतना अपनाएका पनि छौ र हामीलाई यसबारे राम्रोसँग जानकारी पनि छ । तर पनि कतै हल्लाको पछाडि त कतै डरत्रास तथा भयावह पनि छौ । किनकी यो रोग हाल विश्वभर फैलिएको अवस्था छ ।
वास्तवमा कोरोना भाइरस एक नोबेल भाइरस हो जसमा सामान्य रुघाखोकीदेखि लिएर मिडल इस्ट रेस्पिरेटरी सिन्डोम र सिभिएर एक्युट रेस्पिरेटरी सिन्डोम जस्ता गम्भीर रोग भाइरसहरुको ठूलो सदस्यअन्तरर्गत पर्दछ भनेर पुष्टि गरिएको छभने अर्काेतिर यो रोग जनावरबाट मानिसमा सर्ने भाइरस हो जसले मानिसबाट अप्रत्यक्ष रुपमा भनौ वा प्रत्यक्ष रुपमा एकाएक मानिसमा फैलिएको छ । पछिल्लो आँकडा अनुसार विश्वभर १८९ राष्ट्रहरुमा फैलिएको छभने संक्रमण हुनेको संख्या करिब ३ लाख ३६ हजार नाघिसकेको छ । त्यस्तै मृत्यु हुनेको संख्या १४ हजार ६ सय १३ जना पुगिसकेको छ, जसले गर्दा विश्व स्वास्थ्य संगठनले नेपाल लगायत अन्य देशहरुलाई उच्च जोखिमको रुपमा औल्याएको छ । जसमा नेपाल लगायत विभिन्न राष्ट्रहरुले सचेतना अपाएको छ र विभिन्न सञ्चार माध्यमहरुबाट पनि यो रोगको बारेमा सुचना दिइरहेको अवस्था छ । नेपालले पनि सावधानी अपनाएको छ । विभिन्न सिमा नाकाहरुमा सोमबारदेखि बन्द गर्ने, लामो तथा छोटो दुरीका सवारीसाधनमा रोक लगाउने, बाह्य तथा आन्तरिक उडान समेत एक साताका लागि रोकिएको छ । त्यसैगरी संक्रमण भएका नागरिकहरुको लागि केन्द्रीय सरकार तथा स्थानीय सरकारले विभिन्न अस्पतालहरुमा क्वारेन्टाइनको व्यवस्था गरेका छन् । एकातिर कोरोना भाइरसले देशमा महामारी फैलाउने जोखिम बढाएको छभने अर्काेतिर विद्यार्थीको शिक्षामा असर परिरहेको अवस्था छ । जसले गर्दा विद्यार्थी भाइबहिनीहरुमा कस्तो प्रभाव पर्ला त भन्ने गम्भीर प्रसंग बनेको छ ।
अर्काेतिर नेपालमा अत्यावश्यक वस्तुमा कृतिम अभाव पनि विस्तारै देखिएको छ, जसले गर्दा संकटको घडीमा कालोबजारी बढ्न थालेसंगै आम जनताहरु मारमा परिरहेको अवस्था छ । चोरीडकैती तथा ठगिको बिगबिगी बढेको अवस्था सृजना बनेको छ । त्यसैले पनि हरेक नागरिकहरु सुरक्षित तथा सचेतना अपनाउनु आवश्यक छ र हल्लाको पछाडि नलाग्नु र कहिँकतै सामाजिक सञ्जालहरुमा भ्रम तथा नकारात्मक टिप्पणी पनि राख्ने गरेका हुन्छन्, यस्ता कुराहरुलाई सत्य ठान्नु हुँदैन । फ्रान्सबाट आएकी नेपाली युवतीमा पनि कोरोनाको संक्रमण भएको पुष्टि भएपछि टेकु अस्पतालमा उपचार गरि परिवारसहित उनीहरुलाई क्वारेन्टाइनमा राखिएको अवस्था छभने हाम्रो छिमेकी राष्ट्र भारतमा पनि संक्रमितको संख्या बढ्न थालेसंगै नेपाल सरकारले पनि कडाइका साथ नीति नियम बनाउने हिसाबले मंगलबारदेखि देशैभर लकडाउन गर्ने निर्णय गरेको छ । अत्यावश्यक सेवाबाहेक अन्य सेवाहरुमा रोक लगाएको छभने देशैभरका आम जनतालाई घरबाट बाहिर ननिस्कन आग्रह गरि सरकारी कर्मचारीहरुलाई पनि बिदा दिएको अवस्था छ ।
यस्तो विषम परिस्थितीमा आम जनता कोरोना भाइरसविरुद्ध सचेतना अपनाई आफु पनि बचौ र अरुलाई पनि बचाउ । आफुले जानेका कुनै पनि जानकारीहरु अरुलाई सेयर गरौ । यदि कुनै पनि व्यक्तिलाई कारोनाको लक्षण ज्वरो आउनु र खोकी लाग्नु, छिटोछिटो सास फेर्नु, स्वासप्रस्वासमा कठिनाइ, निमोनिया हुनु, सिभिएर एक्युट रेस्पिरेटरी सिन्डोम हुने र मिर्गौलाले काम गर्न छोड्छ र मानिसको मृत्यु समेत हुन सक्ने भएकाले यि र यस्ता लक्षणहरु देखिएमा तुरुन्तै स्वास्थ्यचौकी जाऔं र अरुलाई पनि सल्लाह दिउ । संकटको यो घडीमा भने हत्तोसायी नभइ संयमपूर्ण यसबाट बच्न नियमित रुपमा हात सफा गर्ने, खोक्दा वा हाच्छिउ गर्दा रुमालले मुख छोप्ने, मासु र अण्डा राम्रोसँग पकाएर मात्र खाने गरौ र सकेसम्म मासु खाँदै नखाउ । त्यसैगरी कोरोना भाइरस लागेको खण्डमा मानिसदेखि टाढा बस्ने र पशुपन्छी तथा जनावरबाट टाढा रही आफु र आफ्नो परिवारको स्वास्थ्यमा ख्याल राखौ र सचेत बनौं । सचेत बन्ने कुरा सरकारले भन्नु पर्ने वा कानुनी उपचार गराउनुपर्ने विषय होईन्, यो त विश्वव्यापी संकटको समयमा नागरिक आँफैले पनि जान्ने कुरा हो । सरकारले देश लकडाउन भनेको छ । हामी ढोका लगाएर सडकमा छौं भने यसको असर सरकारलाई होईन हामीलाई परिरहेको हुन्छ । मान्नुस् एक जना संक्रमित सडकमा हिँडिरहेको रहेछ भने लकडाउनका बेला हामीले नामानेको नियमका कारण उबाट सर्ने संक्रमणको पहिलो भागिदार पनि हामी नै हौं । आनीबानीमा परिवर्तन गर्ने, आँफुले आँफैलाई चिन्ने र सचेत बन्ने भनेकै संकटको समयमा हो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

© 2020 Dhorpatan News All right reserved Site By : SobizTrend Technology