`

संकटको बेला नागरिक दायित्व

संसारभर अहिले कोरोना भाइरस (कोभिड –१९) को महामारी फैलिएको छ । आज सम्म एक सय ९५ राष्ट्रमा यसको महामारी फैलिसकेकोछ । कोरोना भाइरसको संक्रमणको गति बुलेट ट्रेनको भन्दापनि तीव्र छ । अहिलेसम्म संसारमा कोभिड –१९ बाट संक्रमित हुनेहरुको संख्या लगभग ३ लाख पुग्न लागेको छ । यसबाट मृत्यु हुनेको संख्या करिव १५ हजार पुगेको छ । कोरोना भाइरसको संक्रमणबाट मर्नेको संख्या चीनमा भन्दा युरोपयिन मुलुकमा बढी देखिन्छ । युरोपियन मुलुक इटलीमा संक्रमित र मृतकको संख्याले चीनलाई उछिनेको छ । उद्गमस्थल चीनको बुआन सहर भनिए पनि अहिले बुआनमा कोरोना करिब नियन्त्रण भइसकेको छ । नेपालमा पनि कोभिड –१९ का तीनजना संक्रमित फेला परेकोमा एकजना पहिला नै उपचारपश्चात निको भएर फर्किइसकेका छन् । फ्रान्सबाट कतार एयरवेजको क्युआर ६५२ को जहाजमा आएकी १९ वर्षकी युवतीमा कोरोना भाइरस देखिएको पुष्टि स्वास्थ्य मंत्रालयले गरेको छ । त्यसैगरी युएई (कतार)बाट आएका एक युवकमा पनि कोरोना भाइरसको संक्रमण देखिएको पुष्टि भइसकेको छ । कतार एयरवेजको क्युआर ६५२ नं बिमानमा १२५ जना नेपाली यात्रुहरु सवार थिए । ती सबै कहाँ छन् भन्ने पत्ता लगाइएको र उनीहरुलाई सेल्फ क्वारेण्टाइनमा राख्ने तयारी भएको प्रशासनले जनाएको छ ।
करिब ३ महिना अगाडी चीनको बुआन शहरमा कोरोना भाइरसले निकै तवाह मच्चाएको थियो । तर चीन सरकारले त्यो शहरलाई लकडाउन गरी भाइरसको बढी संक्रमण हुन नदिई नियन्त्रणमा लियो । लकडाउन गरेपछि कोरोना फैलन पाउँदैन । थप व्यक्ति संक्रमित हुँदैनन् । नलाग्ने पनि लागेको छ भने पनि टे«सिङ वा स्क्रीनिङ गरी उपचार गर्न सकिन्छ । भाइरसलाई नियन्त्रण गर्ने एक मात्र उपाय भनेको लकडाउन नै हो । विश्वभर फैलिइसकेको कोरोना नेपालमा फैलिन नदिन सरकारले नेपाललाई नै एक साताका लागि लकडाउन गरिसकेको छ । तर, वैदेशिक रोजगारीमा गएका, हवाईमार्ग हुँदै नेपाल आउने नेपालीको संख्या र स्थलमार्गबाट आउने नेपालीको संख्या दिनकादिन बढ्दै गएको छ । आफ्ना नागरिक हुन् । रतवाट सीमामा आइसकेपछि सरकारले मानवीयता र दायित्वका कारण पनि उनीहरुलाई फर्काउन मिल्दैन । तर, सीमा नाकाबाट आउने नागरिकहरु सरकारले तोकेको क्वारेन्टाइनमा बस्नुपर्छ । नभए। सरकारको अनुमति र निगरानीमा, कसैसंग सम्पर्क नगरी आफूलाई सुविधा पर्ने स्थानमा बस्नु पर्छ ।
नेपालगंञ्जको जमुनाह नाकामा अलपत्र परेका भारतबाट आएका नेपालीलाई बाँके जिल्ला प्रशासन र नेपालगञ्ज उपमहानगरले उद्धार गरी नेपाल ल्याएको थियो । उद्धार गरिएका ५ सय ४० जनालाई क्वारेन्टाइनमा बस्ने ब्यवस्था गरिएको थियो । यस्तो संकटको बेलामा राज्यको निर्देशन पालना गर्नु नागरिकको पनि दायित्व हो । तर, उनीहरुले क्वारेन्टाइनमा बस्ने ठाउँ राम्रो र सुबिधा सम्पन्न भएन भनेर ‘आफूहरुलाई कि त घर जान दिनुपर्ने कि व्यवस्थित तरिकाले राख्नुपर्ने’ भनेर आन्दोलन गरेका थिए । त्यही दिन सरकारको आदेश अवज्ञा गर्दै केही व्यक्ति भागेर गाडी चढेर घर गएको देखिन्छ । यस्तो बिषयमा स्थानीय प्रशासन पनि कडाई गर्नुपर्ने प्रत्येकको नाम, ठेगाना र सम्पर्क नं राख्नुपर्ने हुन्छ । यो तथ्याड्ढ राख्नाले नियन्त्रण गर्न सजिलो हुन्छ । यो महामारीको अवस्थामा संघीय सरकार, प्रदेश सरकार,र स्थानीय सरकार मिलेर प्रत्येक विदेश जाने र योबेलामा बाहिरबाट आएकाहरुको तथ्याड्ढ राख्नुपर्ने हुन्छ । नेपाल लकडाउन भएपछि पनि मानिसहरु हुलकाहुल भारत र बिदेशबाट आएका आयै छन् । जो जहाँ छन्, त्यहीँ सुरक्षित तरिकाले बस्नु भनिएको हो । तर, नेपालीहरुले लकडाउनको अर्थ बुझेनन् । विदेशिएका नेपालीहरु सबै अहिले आउने र सरकारको नियम पालना नगर्ने अनुशासनमा नबस्ने हो भने हामीले आफ्नो जिवनका साथै देश नै तहसनहस बनाउनेछांै । नागरिकले सबै ठाउँमा राज्यबाट मात्रै अधिकार खोज्ने होइन, संकटको बेलामा नागरिकले राज्यप्रतिको कर्तब्य निर्वाह गर्नुपर्छ । अब हामी नागरिकहरु सर्तक र सचेत हुनुपर्छ, किनभने हाम्रोमा पनि कोरोना नामको झिल्को पसिसक्यो । तीन, ६ गर्दै बढ्न सक्छ । संसारका विकसित देशहरुले नियन्त्रण गर्न नसकेको अवस्था छ । अमेरिका, अष्ट्रेलिया लगायतका विकसित मुलुकमा पनि हेण्डवास, माक्स, सेनिटाइजर र पिपीई (पर्शनल प्रोटेक्टीभ इक्विपमेन्ट) को अभाव छ । आइसोलेन वार्ड र भेन्टिलेटरको अभाव छ । प्राविधिक तथा चिकित्सकहरुको अभाव छ । हाम्रो स्तो भर्खरै विकासको गतिमा लम्किरहेको मुलुक प्राय ः सबै कुरामा परनिर्भरताको अवस्था छ । एक पटक सोचांैँ त ! के हामीले सरकारलाई गाली वा आलोचना गर्दैमा हाम्रो मुलुकको आर्थिक प्राविधिक लगायतका क्षमता तत्कालको तत्कालै बढ्छ र ? यो बेला विश्व नै संकटको अवस्थाबाट गुज्रिरहेको छ । त्यसकारण संसारले नै सहयोग र भाइचाराको नीति अवलम्बन गर्दै त्यही देशको सरकारले उपचारको व्यवस्था गर्ने भनेको छ । बिभिन्न देशमा भएका नेपाली दूतावासले आफ्ना नागरिकलाई सहयोग गर्ने कर्तब्य हो । यहाँ भएका विदेशी पर्यटकहरुलाई पनि नेपाल सरकारले उपचारको ब्यवस्था गरेको स्वास्थ्यमन्त्री भानुभक्त ढकालले जानकारी दिएका छन् । लकडाउन भनेपछि पनि ह्वारह्वारी आउने र आएपछि सरकारले तोकेको क्वारेन्टाइनमा नबसी, घरपरिवार साथीभाई सबैलाई भेट्दै हिँड्ने, हात सफा नगर्ने, जथाभावी पिच्चपिच्च थुक्दै हिड्ने गर्नाले कोरोना नियन्त्रण गर्न सकिँदैन । यस्तो अनुशाशनहीन प्रबृतिले देशलाई नै तहसनहस बनाउछ ।
चीन कम्युनिष्ट शासन प्रणाली भएको मुलुक भएर सरकारका आदेशहरु नागरिकले पालना गरे । कडा अनुशासनमा बसे र कोरोना भाइरस नियन्त्रणमा आयो । हामीले चीनको प्रणालीबाट पनि सिक्नुपर्ने हुन्छ । चीन मात्रै होइन, कोरिया र जापानमा पनि कोरोना नियन्त्रण भएको देखिन्छ । यद्यपि, त्यसको प्रभाव त केही छँदैछ । तर, फैलन पाएको भने छैन । ती देशका नागरिक अनुशासित भएर नै राज्यलाई सहयोग पुग्यो । हामीले चाहिँ राज्यको क्षमता हेर्दै नहेरि अझ संकटको बेलामा राज्यलाई असहयोग गरेर राज्यसँग अधिकार मात्रै खोज्ने गर्छौँ, कर्तब्य भने पालना गर्दैनौंँ ।
मौका यही हो भनेर अति आवश्यकीय बस्तुहरु बढी मात्रामा भण्डारण गर्ने, ब्यवसायीहरुले काललोबजारी गर्ने, नयाँ नयाँ धन्दा चलाउनेहरु निस्किएका छन् । उनीहरुले जथाभावी मूल्य तोक्ने गरेको पाइन्छ । राज्यको सारा ध्यान कोरोना नियन्त्रमा लागेको यहि मौका हो भनेर माक्स र सेनिटाइजरको ब्यापार गर्ने, ग्याँस खाद्यान्नहरु लुकाउने, पेट्रोल पम्महरु बन्द गरेर हाहाकार मच्चाउने गरेको पाइन्छ । सामान्य अवस्थामा मेडिकल बिद्यार्थी र बिरामीसँग कसेर पैसा लिने निजी अस्पतालहरु तर्किएर बसेका छन् । उनीहरुको सामाजिक, ब्यावसायिक दायित्व हुनुपर्ने होइन र ? बिरामीहरुलाई पन्छ्याउने अनि तर्किएर बस्नु सभ्य नागरिकले सुहाउने कुरा हो र ? अन्य अवस्थामा बिरामी तानातान गर्न प्रतिस्पर्धा गर्ने निजी क्षेका अस्पतालहरु अहिलेको संकटको बेलामा बिरामी हेर्न पछि हटिरहेको देखिन्छ । उनीहरुले बिरामीलाई भर्ना नलिनु गैरजिम्मेवारीपन व्यवहार हो । त्यसकारण विश्वले पहिलोपटक सामाना गरिरहेको कोरोना महामारीका बेला नेपालले पनि भविष्यमा बेहोर्न सक्ने बिपत्तीलाई आंकलन गरी सबै क्षेत्रका नागरिकहरुले आ–आफ्नो ठाउबाट सघाउनु पर्ने नागरिकको कर्तब्य हो । नेपालको संविधान २०७२ को धारा ४४ ले मौलिक हकहरुसँंगै नागरिकको कर्तब्यको पनि ब्यवस्था गरेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

© 2020 Dhorpatan News All right reserved Site By : SobizTrend Technology