`

काँठेखोला गाउँपालिकाले सुरु गर्यो निःशुल्क एम्वुलेन्स सेवा

  • कोरोना संक्रमितको लक्षण देखा परेका, शंकास्पद र स्वास्थ्यचौकीबाट सिफारिश भएका विरामीलाई निःशुल्क सेवा
  • बागलुङ, १३ चैत – कोरोना भाइरस संक्रमणको त्रासमा मुलुक नै लक डाउन भएको समयमा बिरामीलाई सेवा दिन काँठेखोला गाउपालिकाले विहिवारदेखी एम्बुलेन्स सेवा सुरु गरेको छ । वर्तमान असहज परिस्थितिमा विरामीलाई सहज रुपमा स्वास्थ्य केन्द्र र अस्पतालसम्म पुराउने लक्ष्यका साथ एमबुलेन्स सेवा सुरु गएिको प्रमुख प्रशासकीय अधिकृत खीम वहादुर विश्वकर्माले वताए । नेपाल रेडक्रस सोसाईटी विहुँकोट शाखासंग समन्वय गरेर एम्बुलेन्स सेवा सञ्चालन गरिएको हो ।
    कोरोना भाइरस संक्रमित भएको लक्षणहरु देखा परेका, शंकास्पद र स्वास्थ्यचौकी, संस्था र केन्द्रबाट सिफारिश भएका विरामीलाई निःशुल्क रुपमा एम्बुलेन्स सेवा प्रदान गरिने गाउँपालिकाका अध्यक्ष अमर थापाले वताए । अन्य विरामीले भने नियमानुसारको भाडा तिर्नुपर्ने छ । एम्बुलेन्सको सवै ब्यवस्थापन गाउँपालिकाले गर्नेछ । एम्बुलेन्सले २४ सै घण्टा सेवा प्रदान गर्नेछ ।
    एम्बुलेन्स विहान ६ बजेदेखि साँझसम्म गाउँपालिकाको कार्यालयमा रहनेछ भने राती काँठेखोला–५ पोखरामा रहनेछ । चालक कर्ण पुन २४ सै घण्टा विरामीको सेवामा जुट्ने गरी गाउँपालिकाले ब्यवस्था मिलाएको छ । आवश्यक परेमा चालकको मोवाईल नं.९८५७६२६२११÷९८६३७९६९९९ र गाउँपालिका अध्यक्ष तथा प्रमुख प्रशासकीय अधिकृतलाई सिधा सम्पर्क गर्न सकिने गरी ब्यवस्था मिलाएको प्रमुख प्रशासकीय अधिकृत विश्वकर्माले वताए । संकटको वेला यसरी सहजै सेवा प्राप्त हुने भएपछि स्थानीयले नजिकै सरकार भएको अनुभुती गर्र्नेछन ।

    प्रतिक्रिया दिनुहस

    सम्बन्धित समाचार

    © 2020 Dhorpatan News All right reserved Site By : SobizTrend Technology