`

धौलागिरी गाउँपालिकामा खाद्यान्नको मूल्य सूची तोकियो

  • स्थानीय व्यवसायी र जनप्रतिनिधिको समन्वयमा मूल्य निर्धारण
  • म्याग्दी, १३ चैत – धवलागिरी गाउँपालिकाको पाँच वटा वडामा खाद्यान्नको मूल्यसूची निर्धारण गरिएको छ । गाउँपालिकाका जनप्रतिनिधि र उद्योग वाणिज्य संघ धवलागिरी इकाईका पदाधिकारीको ताकममा सम्पन्न बैठकले मराङ र मल्कवाङ बाहेकका वडामा बिक्री वितरण हुने खाद्यान्नको मूल्य सूची कायम गरेका हुन् ।
    गाउँपालिकाका उपाध्यक्ष रेशम छन्त्याल, प्रमुख प्रशासकीय अधिकृत गोविन्द सुनार, वडा अध्यक्ष कलानिधी सुवेदी, उद्योग वाणिज्य संघ धवलागिरी इकाइका सभापति किरन थापा लगायतको उपस्थितिमा बैठक बसेको थियो । ताकमलाई आधार मानेर निर्धारण गरिएको मूल्यदर अन्य वडामा ढुवानी जोडेर कार्यान्वयन गरिने, मराङ र मल्कवाङमा स्थानीय व्यवसायी र जनप्रतिनिधिको समन्वयमा मूल्य निर्धारण गर्ने निर्णय भएको छ ।
    कोरोना भाइरसको रोकथामका लागि सरकारले लकडाउन र स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेपनि खाद्यान्नको मूल्य वृद्धि भएको गुनासो बढेपछि गाउँपालिकाले मूल्य कायम गराउन ब्यवसायीसंग छलफल गरेको हो । चामल, दाल, तेल, चिनी र नुनको मूल्य कायम गरिएको हो । चामलको गुणस्तर अनुसार प्रतिबोरा १४५० देखि १९००, दालको प्रतिकेजी १३० देखि १९०, तेलको ८५ देखि ९०, चिनीको ९० र आडोडिन नुनको प्रतिकेजी ३० रुपैयाँ मूल्य कायम भएको छ । सबै पसलमा मूल्य सूची राख्ने निर्णय समेत भएको छ ।
    यसैबीच, धवलागिरी गाउँपालिकाले कोरोना रोकथामका लागि माइकीङ गराएको छ । बिदेशबाट फर्कीएकाहरुलाई सम्पर्कमा आउनका लागि अनुरोध गरेको छ । उनिहरुलाई घरमै सुरक्षित रुपमा होम क्वारेन्टाइनमा बस्नका लागि गाउपालिकाका उपाध्यक्ष रेशम छन्त्यालले अनुरोध गरेका छन् ।

    प्रतिक्रिया दिनुहस

    सम्बन्धित समाचार

    © 2020 Dhorpatan News All right reserved Site By : SobizTrend Technology