आइतबार, कार्तिक २ २०८३

आइतबार, कार्तिक २ २०८३
  • २ कार्तिक २०८३ , आइतबार
  • October 18 2026

प्रकाश सपुतको ब्याटल धमाका

प्रकाश सपुतको ब्याटल धमाका


  • ढोरपाटन संवाददाता
  • चैत्र २३ २०७५, शनिबार

पोखरा ,२३ चैत – प्रकाश सपुतको ब्याटल धमाका “दोहोरी ब्याटल २” सार्वजनिक भएको छ । यसलाई दोहोरि ब्याटल १ को भन्दा बढी मेहनत अनि अझ राम्रो बनाएको गायक प्रकाश सपुतले बताएका छन्।
बोलमाया, दोहोरी ब्याटल लगायत बिभिन्न गीतहरुबाट श्रोता दर्शकहरुको मनमा बस्न सफल प्रकाशले “दोहोरी ब्याटल २” ले फेरी संगीतको माहोल तताएको छ । प्रकाश सपुतको शब्द संगीत रहेको उक्त गीतमा प्रकाश सपुतकै आवाज रहेको छ भने गायिका प्रीती आलेको दम्दार आवाजले सजिएको छ । धेरै श्रोता दर्शकको बेग्र प्रतिक्षाको दोहोरी ब्याटल २ ले निक्कै राम्रो सन्देश दिएको छ ।
पहिलो दोहोरी ब्याटल केही बिवादित भएपनि निक्कै चलेको र सबैले रुचाईएको थियो । दोहोरी ब्याटल २ का शब्दहरु अलि दुई अर्थ लाग्ने खालको भएपनि दिन खोजेको सन्देश भने राम्रो छ । बढ्दो सम्बन्ध बिच्छेदको घट्नालाई गीतमा उतारेर समाजमा सकारात्मक सन्देश दिन खोजिएको छ । श्रीमान श्रीमतीको सम्बन्ध घमण्ड, गलत बुझाई, अबिश्वास र देखासेखीले गर्दा टुट्ने गरेको कुरालाई उठानगरि सम्बन्धलाई बलिलो र दिगो बनाउन घमण्ड नगरी एकले अर्कोलाई बिश्वास तथा बुझेर गल्तहिरुलाई सुधारेर सम्बन्धलाई बलियो बनाउनस पर्छ भन्ने कुरालाई जोड दिईएको छ ।
प्रकाश आफैले निर्देशन गरेको उक्त गीतको भिडियो प्रकाशले आफ्नै युट्युव च्यानलबाट सार्वजनिक गरेका हुन ।बागलुङ धम्जामा जन्मेका सपूत नेपाली गीत संगीतको क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल गायक,संगीतकार,निर्देशक तथा शब्द संकलक हुन ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->